सहरी क्षेत्रमा कुहिने फोहोर व्यवस्थापनको एउटा राम्रो उपाय कौसी खेती हो। तरकारी तथा फलफूलमा हुने परनिर्भरता कम गर्न, आर्थिक, मानव स्वास्थ्य तथा वातावरणीय दृष्टिकोणबाट हेर्दा कौसी खेतीलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ। तर त्यसको लागि स्थानीय निकायको भूमिका अहम रहन्छ।