मौसमी कौसी खेतीमा अब्बल हुँदै राजधानीबासी

कौसी खेतीमा काठमाडौंबासी निकै आकर्षित हुँदै गएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका बेला भएको लकडाउनका समयमा धेरै राजधानीबासीले कौसी खेती शुरू गरेर सफल पनि भएका छन् । छिमेकी देश भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचको विवाद चल्दै गर्दा विज्ञहरूले कौसी खेती गर्न सुझाए । कौसी खेतीबाट न विषादीको डर, न महंगीको मार भन्ने नारा लिएर महिलाहरू आकर्षित भएका छन् । स्थानीय सरकारले पनि कौसी खेती गर्नेलाई अनुदान र बिउबिजनको व्यवस्था गर्न थालेको छ । कौसी खेती गमला, प्लास्टिकको बाकेट, थोत्रा बट्टा, बाल्टी, माछ...