नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा भुटानसँग खेल्दै सुरुवात गर्दैछ । दोस्रो पटक घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएको नेपालले सपूर्ण रुपमा तयार भएको प्रशिक्षक कुमार थापाले बताए ।उनले आफ्नो दोस्रो इनिङ सफल बनाउन आफू लागि परेको बताए उनले नेपाली टोलीले साफका लागि सात साता तयारी गरेकाले उत्कृष्ट नतिजाका लागि आफूहरु तयार भएको बताए । ‘घरेलु मैदानमा हुन लागेको प्रतियोगिताको उपाधि हामी नै राख्ने योजना बनाएका छौं ।