मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग आज मंगलबार दिउँसो क्रेमलिनमा भेटवार्ता गर्ने भएका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँगको नियमित ब्रिफिङमा विटकफसँगको बैठक मंगलबार दिनको दोस्रो भागमा हुने कार्यक्रम रहेको जानकारी दिए। यसअघि अमेरिकी तथा युक्रेनी अधिकारीहरूबीच भएको प्राथमिक छलफलपछि वासिङ्टनले प्रस्ताव गरेको सम्भावित शान्ति-ढाँचाबारे दुवै पक्षको संवाद अघि बढिरहेको छ। […]
१६ मंसिर, काठमाडौं । एशियाका विभिन्न देशमा हालैका दिनहरूमा आएको आँधीबेहरी, बाढी र पहिरोका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गएको छ। पछिल्लो एक हप्तामा तीन ठूला आँधीबेहरीले धेरै देशमा ठूलो क्षति पुर्याएका छन्।
श्रीलंकामा …
नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आइस अधिकारीहरुले अदालतको आदेशको अवज्ञा गर्दै १९ वर्षीया विद्यार्थी आनी लुसिया लोपेज बेलोझालाई देश निकाला गरेको उनका वकिलले आरोप लगाएका छन् । थ्याङ्स गिभिङ मनाउन अमेरिकाबाट होन्डुरस जाने क्रममा उनलाई आइसका अधिकारीहरुले पक्राउ गरेको र देश निकाला गरिएको उनका वकिलले सार्वजनिक गरेका हुन् । उनले भने -“अदालतको स्पष्ट आदेशको अवज्ञा गर्दै हत्याको संदिग्धझैँ हत्कडी लगाएर […]
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड […]
काठमाडौं । आज देशकाे माैसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । हाल कोसी, मधेस र वागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र […]