बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौं र पाटन नगरपालिका–६ मा मदिरा बेचबिखन र ओसारपसार पूर्णरुपमा रोक लगाएको छ।बडादशैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपसार बन्द गरिएको हो। देहिमाडौंमा रहेको प्रसिद्ध निग्लाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशुबलीसहित जात्रा लाग्ने गर्दछ।निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौं बजार क्षेत्रमा घटस्थापनादेखि नै मदिरा बेच