जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबारदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले एक सूचना जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी जिल्ला भरिमा मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएका हुन् । मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ ‘थ’ बमोजिम तथा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको निर्णय अ