मदिरा आयात प्रतिबन्ध खुलाउन पर्यटन मन्त्रालयमार्फत तीव्र लविङ

तीव्र लविङकाबीच पनि पटक-पटक मदिरा आयातको प्रतिबन्ध लम्बिएपछि मदिरा व्यवासायीहरू पर्यटन मन्त्रालयमार्फत आयात प्रतिबन्ध हटाउने लविङमा लागेका छन् ।

सम्बन्धित सामग्री

प्रतिबन्ध खुलेपछि बढ्यो मदिरा आयात, मासिक औसत २० करोडका दरले बाहिरिँदै

काठमाडौं । सरकारले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध खुला गरेसँगै मदिरा आयात एक्कासि बढेको छ । प्रतिबन्ध खुलेपछिका ४ महीनामा ४ लाख ६८ हजार ६ सय २६ लिटर मदिरा आयात भएको भन्सार विभागले जानकारी दिएको छ । उक्त परिमाणमा मदिरा आयात गर्दा ७९ करोड १७ लाख रुपैयाँ बाहिरिएको छ ।  सरकारले गतवर्ष वैशाख १३ गतेको राजपत्रमा सूचना प्रकाशित गरी मदिरालगायत १० विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले आयातमा प्रतिबन्ध लगाएको हो । विदेशी मुद्रा सञ्चिति बढ्दै गएपछि गत पुसबाट आयात प्रतिबन्ध हटाइएको छ । प्रतिबन्ध हटेपछि पुसमा ८ करोड ३२ लाख रुपैयाँको ४० हजार ३ सय ४३ लिटर मदिरा आयात भएको छ । त्यसैगरी माघमा २८ करोड ४६ लाख रुपैयाँको १ करोड २१ लाख ९ सय ८० लिटर, फागुनमा १४ करोड २३ लाख रुपैयाँको ८५ लाख १ सय ५९ लिटर र चैतमा २८ करोड १६ लाख रुपैयाँको २ करोड २१ लाख १ सय ४३ लिटर मदिरा आयात भएको देखिन्छ ।  देशभित्रै पर्याप्त मात्रामा मदिरा उत्पादन भइरहेका बेला विदेशबाट छोटो समयमा ठूलो परिमाणमा आयात भएको घटनाले धेरैलाई चकित बनाएको छ । साथै स्वदेशी मदिरा छोडेर नेपालीहरू किन यति धेरै मात्रामा विदेशी प्रयोग गर्छन् त भन्ने प्रश्न पनि उठेको छ ।  स्वदेशी र विदेशी मदिराको मूल्यमा खासै फरक नहुँदा ग्राहकको प्राथमिकतामा विदेशी परेको हुनसक्ने स्वदेशी भोड्का ब्रान्ड ८८४८ का उत्पादक रवि केसी बताँउछन् । ‘नेपालमा मदिराका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न कानूनी उल्झनका कारण गाह्रो छ । त्यसमाथि सरकारले यसमा लाग्ने अन्तः शुल्कको दर बढाएको छ । यस्तोमा स्वदेशी र विदेशी मदिराको मूल्य उस्ता उस्तै पर्न जान्छ,’ उनले भने ।  मदिरा व्यवसायी केसीका अनुसार अहिले बढी परिमाणमा मदिरा आयात हुनुको कारण धेरै समयदेखि लागेको प्रतिबन्ध पनि हो । फेरि प्रतिबन्ध लाग्न सक्छ भन्ने संशयका कारण आयातकर्ताले व्यापक मात्रामा स्टक गरेको हुन सक्ने उनको भनाइ छ । तर, सरकारी अधिकारीहरू विदेशी मदिराको आयात बढ्नुमा गुणस्तर र ब्रान्डको महत्वपूर्ण भूमिका हुने बताउँछन् । स्वदेशी मदिराले गुणस्तरमा विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्दा र ब्रान्ड पनि त्यो किसिमले स्थापित नभएको नहुँदा विदेशी मदिराको बजार बढ्ने अधिकारीहरूको तर्क छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्त उर्मिला केसी मदिराका लागि आवश्यक कच्चा पदार्थ उत्पादनमा कानूनी जटिलता रहेको विषयमा व्यवसायीले मन्त्रालयसँग छलफल नगरेको बताउँछिन् ।  ‘उद्योगी, व्यवसायीहरूले आपूmलाई परेका समस्याबारे मन्त्रालयमा निवेदन दिनुपर्‍यो । के कारणले समस्या परेको हो, सरकारबाट अपेक्षा के छ र समाधान कसरी हुनसक्छ भन्ने कुरा पनि उद्योगीहरूले खुलाउनुपर्‍यो,’ सहप्रवक्ता केसीले भनिन्, ‘उद्योगीहरूले आप्mना कुरा स्पष्ट रूपमा राखेपछि मन्त्रालयले त्यस विषयमा गहन तरीकाले विचार गर्छ । प्रतिस्पर्धी क्षमता बढाउन सम्भव सबै सहयोग पनि गर्छ ।’ कच्चा पदार्थ र मदिराको उत्पादन तथा बजार विस्तारका लागि अन्ततः उद्योगीहरूले नै बढी मेहनत गर्नुपर्ने सहप्रवक्ता केसीको भनाइ छ ।

चौतर्फी दबाबपछि महँगा आयात प्रतिबन्ध हट्यो

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले महँगा सवारीसाधन, मोबाइल र मदिरा आयात प्रतिबन्ध हटाएको छ । बढ्दो आयात नियन्त्रण उपायका लागि भन्दै ८ महिनादेखि लगाउँदै आएको सवारीसाधन, महँगा मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध हटाउने निर्णय भएको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आगामी १ पुसदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको छ । यसअघि, आयातमा प्रतिबन्ध […] The post चौतर्फी दबाबपछि महँगा आयात प्रतिबन्ध हट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दशैंमा किन खुलेन गाडी, मोटरसाइकल, फोन र मदिरा आयात ?

१४ भदौ, काठमाडौं । सरकारले पाँच महिना लामो प्रतिबन्धपछि ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध मंगलबारबाट हटायो । कुुरकुरे, हिरा, सबै प्रकारका खेलौना, तास, चुरोट र सुर्तीजन्य वस्तु तथा ३२ इन्च भन्दा माथिका टिभी माथिको प्रतिबन्ध हट्दा प्रमुख चार प्रकारका विलासी वस्तुको आयात प्रतिबन्धलाई कायम रह्यो । दशैंअघि नै खोल्न तीब्र लबिइङ भएको मदिरा, ३०० डलरभन्दा […]

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म

१४ भदौ, काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार […]

५ महिनादेखि प्रतिबन्ध लागेका कुनै पनि बस्तुको आयात खुलेन, कार्यदल बनाउने निर्णय

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारीसमा मन्त्रीपरिषदले बैशाख १४ गतेबाट आयात प्रतिबन्ध लगाएका कुनै पनि बस्तुको आयात खुल्ला गरेन । आजको मन्त्रीपरिषद बैठकले केही खुकुलो पार्दै आयात खोल्ने प्रस्ताव माथि चर्चा गरेपनि मदिरा आयात खोल्ने विषयमा विवाद भएपछि कुनै पनि बस्तुको आयात खुल्ला नगर्ने निर्णय भएको हो । अर्थमन्त्री र वाणिज्यमन्त्रीले मदिरा धेरै […]

विदेशी मदिरा आयात प्रतिबन्धको निर्णय पुनर्विचार गर्न माग

१२ साउन, काठमाडौं । विदेशी ब्रान्डेड मदिराहरुको आयातकर्ता व्यवसायीहरुले आयातित मदिराको प्रतिबन्धको निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल मदिरा पैठारी संघले एक विज्ञप्ति जारी गर्दै संघले आयात प्रतिबन्ध लम्ब्याउने निर्णयले अवैध मदिराको कारोबार …

‘मदिरा आयात बन्देजले पर्यटनमा असर’

मदिराजन्य पदार्थहरूको आयात प्रतिबन्ध निर्णयले नेपालको पर्यटनमा असर पारिरहेको नेपाल मदिरा पैठारी संघले जनाएको छ । सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा साउन १ देखि ४५ दिनका लागि प्रतिबन्ध लगाएको छ । यसबारे निर्णय सच्याउन माग गर्दै संघले विज्ञप्ति जारी गरेको हो ।