चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा बनाइएका घरटहरा भत्काउने कामलाई निरन्तरता दिइएको छ । निकुञ्जको कुसुम खोलामा बनाइएका नौ घर टहरा भत्काइएको छ । घर टहरासँगै पूजा गर्नका लागि भन्दै बनाइएको मन्दिरको संरचना पनि हटाइएको निकुञ्जले जनाएको छ ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले ती संरचना भत्काएको हो । विगत दुई/तीन महिनायता बनाइएका संरचना भत्काइएको उनले जानकारी दिए । विगतदेखि नै रहेको काजीमान प्रजाको घर भने भत्काइएको छैन । का