कुसुम खोलामा बनाइएका घरटहरा भत्काइए, मन्दिरको संरचना पनि हटाइयो

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैधरुपमा बनाइएका घरटहरा भत्काउने कामलाई निरन्तरता दिइएको छ। निकुञ्जको कुसुमखोलामा बनाइएका ९ वटा घरटहरा भत्काइएको छ। घरटहरासँगै पूजा गर्नका लागि भन्दै बनाइएको मन्दिरको संरचना पनि हटाइएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले ती संरचना…