मध्यरातमा बग्यो सुकुमबासी बस्तीको घरटहरा, दृश्यमा बाढीपछिको मनोहरा क्षेत्र

काठमाडौं : मंगलवार रातिदेखि बुधवार बिहानसम्म काठमाडौं उपत्यकामा भारी वर्षा भयो। बाढी पूर्वानुमान महाशाखाले काठमाडौं र भक्तपुरका केही क्षेत्रमा भारी वर्षा भइरहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन राति अपिल पनि जारी गरेको थियो। मंगलवार मध्यरातमा भक्तपुरको मनोहरा खोलामा एक्कासी पानीको बहाब बढेपछि बस्ती जलमग्न बन्न पुगे। मध्यरातमा बाढी बस्ती पसेपछि…