प्रहरी चौकीलगायत दर्जन बस्ती डुबानमा

केही दिनदेखि परेको वर्षाका कारण सुनसरी र मोरङ जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। बाढीका कारण मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि तीन परिवार विस्थापित भएका छन्। अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो। सिङ्घिया खोलामा आएको बाढीले घरटहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएका परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

लगातारको वर्षाले मध्य तथा पश्चिम नेपालका विभिन्न बस्ती डुबानमा

काठमाण्डौ – लगातारको वर्षाका कारण मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका बस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको छ ।  चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका बस्ती डुबानमा परेका हुन् । बर्दियामा मात्रै २ सय बढी घरहरु डुबानमा परेका छन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले अहिले बस्नका लागि समस्या भइरहेको बताउनु भयो । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घरहरु र खेतबारी भने बगाएको बताउनु भयो । ...

देउखुरीका अधिकांश बस्ती डुबानमा, उद्दारमा समस्या

दाङ – अविरल वर्षाका कारण दाङ देउखुरीका अधिकांश बस्ती डुबानमा परेका छन् । स्थानीय खाेलाहरूमा आएकाे बाढी बस्तीमा पस्दा बस्ती डुबानमा पर्ने अवस्था सिर्जना भएकाे हाे । गढवा-५ बाेधिपुर, धर्मपुर, लाेखरपुर, लालपुर, गढवा-७ कान्छिगाउँ लगायतका बस्तिमा बाढी पसेकाे छ । राप्ती नदी र सिक्रहवा खाेलामा आएकाे बाढी बस्तीमा पसेकाे हाे । स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण […]

मनोहरा खोलाको वितण्डा : सुकुम्वासी बस्ती डुबानमा

काठमाडौँ- मंगलबार राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ । मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको हो । सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, कुखुरा र बङ्गुर बगाएको स्थानीयले जनाएका छन् । […]

मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको मध्यराति भागाभाग

काठमाडौं । गएराति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का […] The post मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको मध्यराति भागाभाग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गएरातिको वर्षाले काठमाडौंको नदी किनारका बस्ती डुबानमा

काठमाडौंमा गएराती परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परेका छन्। वर्षासँगै आएको बाढीले खोला किनारका बस्तीहरु डुबानमा परेका हुन्।...

राजधानीकै बस्ती डुबानमा

आकाशे पानीको उचित निकास र ढलको व्यवस्थापन नहुँदा वर्षाको बेला उपत्यका डुबानमा पर्दै आइरहेको छ। यहाँका खोला साघुरिँदै गएपछि पानीको निकास हुन नसक्दा भित्री बस्ती नै डुबानमा पर्ने गरेको छ।  शुक्रबार राति परेको वर्षाले उपत्यकाका भित्री बस्तीहरू डुबानमा परे। मैतीदेवी, बसुन्धारा, नयाँबजार, अनामनगर, बौद्धलगायत क्षेत्र डुबानमा परेका हुन्। मूलपानी मनोहरा खोलाछेउका बस्ती पनि डुबानमा परेका थिए। नागरिक दैनिकमा खबर छ ।

बाढीका कारण बस्ती डुबानमा

गण्डकी, २४ असार: लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् । लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानी यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह्रसय चौतारा, एकानब्बेको बान्नोलगायतका […]

सिर्सियाको बाढीले वीरगञ्जका बस्ती डुबानमा

२० असार, वीरगञ्ज । सिर्सिया नदीको बाढीले वीरगञ्ज महानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँ वस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् । शनिबार दिउँसो रानीघाट क्षेत्रमा कम्मरसम्म डुब्ने पानी जमेको थियो । घर–घरमा पानी पसेको छ । अन्न, लत्ताकपडा पानीमा डुब्दा स्थानीयको बिजोक भइरहेको […]

वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा

काठमाडौं। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँबस्ती, निर्मलबस्ती,मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक,सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती पनि डुबानमा परेका छन्।

वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा

काठमाडौं। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँबस्ती, निर्मलबस्ती,मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक,सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती पनि डुबानमा परेका छन्।