गुणस्तर र उपभोग्य मिति केन्द्रित बजार अनुगमन

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमन शुरू गरेको छ । चाडपर्व शुरू भएसँगै बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो । दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मिति (म्याद)मा केन्द्रित भएर बजार अनुगमन तीव्र बनाइएको विभागका आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन शाखाका प्रमुख एवं प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार चाडपर्व शुरू भएसँगै दैनिक ६ समूहबाट बजार अनुगमन भइरहेको छ । ‘हाम्रो काम नै बजार अनुगमन हो । निरन्तर अनुगमनमै हुन्छौं । चाडपर्व शुरू हुनुभन्दा अगाडि दैनिक दुई÷तीन समूहबाट अनुगमन हुने गरेकोमा बढाएर दैनिक ६ समूहलाई बजारमा पठाउने गरेका छौं,’ उनले भने, ‘चाडपर्व नजिकिएसँगै अन्य समयको तुलनामा ४० प्रतिशत बढी कारोबार हुने भएकाले अनुगमन बढाएका हौं ।’ उपभोक्ताको बढी भीड हुने समयमा व्यवसायीले उपभोग्य मिति सकिएका खाद्य वस्तु विक्री गर्न सक्ने भन्दै चनाखो हुन उनले आग्रह गरे । ‘उपभोक्ता ठगिन बच्न हामीले वस्तु र सेवा केन्द्रित भएर अनुगमन गरेका हौं । आम उपभोक्ता पनि चनाखो हुनुपर्ने आवश्यक छ,’ उनले भने । पछिल्लो समय बजारमा अधिकांश खाद्य पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल खुद्रा व्यवसायी संघको तथ्यांकअनुसार कोभिड–१९ पछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको हो । पछिल्लो केही दिनयता अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले चाडपर्वमा खाद्यान्नको अभाव नहुने बताइसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सरकार तथा निजीक्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको भन्दै अभाव नहुने बताएका हुन् । चाडपर्व शुरू भएसँगै बजार अनुगमनको जिम्मा पाएको विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । गत बुधवार सरकारले पौडेलको सरुवा गरे पनि उनको स्थानमा नयाँ महानिर्देशक पठाएको छैन । रासस

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। बजार अनुगमन फितलो हुँदा प्याजमा कालोबजारी बढिरहेको छ। संघीय सरकार ७९ अर्ब रुपैयाँ बढी घाटामा रहेको छ। आर्थिक गतिविधि सुस्ताउँदा व्यवसायीहरु व्यापारव्यवसायबाट पलायन हुने अवस्था आएको छ। बासी दुधमा नयाँ उपभोग्य मिति राखेर बेच्ने ४ डेरी उद्योगलाई उपभोक्ता संरक्षण विभागले साढे सात लाख रुपैयाँ जरिवाना तिराएको छ। निजी साझेदारी तथा लगानी ऐन बनेपछि नेपालमा लगानी प्रतिवद्धता बढिरहेको छ।

उपभोग्य मिति उल्लेख नगरी दूध बिक्री गर्ने डेरीलाई ३ लाख जरिवाना

२६  मंसिर, काठमाडौं । दुग्ध पदार्थमा लेबल उल्लेख नगरेको कसुरमा एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला […]

म्याद नाघेका २१ सय कार्टुन बाह्रसिंगे बियर बरामद

२ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको छ । बजार अनुगमन टोलीले बजार निरीक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य मिति सकिएका बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको हो । याक ब्रुअरी कम्पनीले उत्पादन गरेको उक्त काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा […]

बैतडीमा बजार अनुगमन : ४ वटा पसल कारवाहीमा, २० हजार जरिवाना

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा यहाँको सदरमुकामका बजार क्षेत्रमा अनुगमन गरिएको छ। गढी र गोठलापानी बजार अनुगमनका क्रममा ४ वटा पसललाई कारवाही गरिएको छ।प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार म्याद नाघेका सामग्री बिक्री गर्ने र त्यस्ता सामग्री भण्डारण गरेका व्यापारी/पसलेलाई कारवाही गरि जरिवाना असुल गरिएको छ। अनुगमनका क्रममा ४ जना व्यापारीलाई ५ हजारका दरले जरिवाना गरि २० हजार रूपैयाँ असुल गरिएको हो।यसका साथै अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका, लेबल अर्थात उत्पादन तथा उ

पोखरा : बजार अनुगमनमा भेटिए म्याद नाघेका वस्तु

पर्वत : चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने समस्याबारे जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरा–१७ को छोरेपाटनमा बजार अनुगमन गर्दा लेवल नभएका, म्याद नाघेका र पसल नवीकरण नभएको फेला परेको छ।पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बजार अनुगमनअन्तर्गत बुधबार खाद्य सामग्रीको अनुगमन  गरिएको बताइन्। नेपालीका मुख्य चाडबाडहरू नजिकै आउँदा बजारको नियमित अनुगमन गरेर बिक्रीका लागि राखिएका सामानको उपभोग्य मिति, छोटो समयमा नै बिक्री गरिसक्नुपर्न

महानगरको बजार अनुगमन तीव्र

विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । मंगलबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।उपमेयर कार्की नेतृत्वको टोलीले विराटनगर–११ स्थित नयाँ गद्रीका किराना, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु बरामदसमेत गरिएको थियो । ओम विष्णु किराना पसलबाट उपभोग्य मिति सकिएका चिल्ली […]

गुनासो बढेपछि बजार अनुगमन

धनकुटा : धनकुटामा बुधबार बजार अनुगमन गरिएको छ। बजारमा म्याद गुज्रेका खाद्य सामान रहेको, मूल्य बढि लिएको गुनासोका आधारमा केही होटल, मिनी मार्केट, किराना पसल, डिलरको अनुगमन गरिएको हो।धनकुटामा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यलय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य संघ धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो।अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ भने मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प

धनकुटामा बजार अनुगमन

धनकुटामा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, घरेलु तथा साना उद्योग कार्यलय, उद्योग वाणिज्य संघ धनकुटा र उपभोक्ता हक हित संरक्षण समितिले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ । धनकुटा नगरपालिकाका विभिन्न स्थानमा रहेका बजारको अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ४० हजार […]

चाँगुनारायणमा बजार अनुगमन : घरभेटीले गर्दा पसल दर्ता गर्न पाइएन

चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ ।  बिहीबार २ नम्बर वडा अन्तर्गत दुवाकोटमा नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वमा बजार अनुगमन गरको हो ।  खाद्य सामाग्री बिक्री गर्ने किराना पसलले म्याद गुज्रेको खाद्य सामाग्री र मासु बिक्री गर्ने कोल्ड स्टोरहरू फोहोर मासु बिक्री गर्ने गरेको फेला परेको छ ।जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको बजार अनुगमन अधिकृत निला घिमिरेले जानकारी दिएकी छि

चाडपर्व केन्द्रित बजार अनुगमन गर्दै उपभोक्ता हित संरक्षण समिति

बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमन शुरू गरेको छ ।चाडपर्व शुरू भएसँगै बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो ।दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मिति (म्याद) मा केन्द्रित भएर बजार अनुगमनलाई तीव्र बनाइएको ...