बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा यहाँको सदरमुकामका बजार क्षेत्रमा अनुगमन गरिएको छ। गढी र गोठलापानी बजार अनुगमनका क्रममा ४ वटा पसललाई कारवाही गरिएको छ।प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार म्याद नाघेका सामग्री बिक्री गर्ने र त्यस्ता सामग्री भण्डारण गरेका व्यापारी/पसलेलाई कारवाही गरि जरिवाना असुल गरिएको छ। अनुगमनका क्रममा ४ जना व्यापारीलाई ५ हजारका दरले जरिवाना गरि २० हजार रूपैयाँ असुल गरिएको हो।यसका साथै अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका, लेबल अर्थात उत्पादन तथा उ