उपभोग्य मिति उल्लेख नगरी दूध बिक्री गर्ने डेरीलाई ३ लाख जरिवाना

२६  मंसिर, काठमाडौं । दुग्ध पदार्थमा लेबल उल्लेख नगरेको कसुरमा एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला […]

सम्बन्धित सामग्री

वार्षिक १७ लाख लिटर दूध बिक्री

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ ।

वार्षिक १७ लाख लिटर दूध बिक्री

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ ।

विदेशबाट फर्किएका युवाको सहकारी : एक वर्षमा ४४ लाखको दूध बिक्री

बागलुङको जैमिनी नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा रु ४४ लाखको दूध बिक्री गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा रु ४४ लाख बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस–३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा …

युवाले गठन गरेको सहकारीबाट ४४ लाखको दूध बिक्री

बलेवा– वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाखको दूध बिक्री गरेको छ ।बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा ४४ लाख बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस-३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा सहकारी सुरु गरिएको थियो । […]

दूध बिक्री हुन थालेपछि कृषक भैंसी पालनमा आकर्षित

सुर्खेतको चिङ्गाड गाउँपालिकाका कृषकहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । दूध बिक्री हुन थालेपछि छोड्दै गएको पशुपालन पेशामा पुन कृषकहरुको आकर्षण बढ्न थालेको हो । गाउँपालिकाको पशु सेवा शाखाको तथ्यांक अनुसार चिङ्गाडबाट दैनिक औषतमा एक हजार चार सय लिटर दूध निर्यात हुने गरेको छ । दूध बिक्रीबाट मासिक करिब २६ लाख गाउँपालिमा भित्रिने गरेको […]

दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउँदै किसान

गलकोट– बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरूले मनग्य आम्दानी गर्दै आएका छन् । बागलुङ नगरपालिका […]

सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

– कृष्ण दवाडी कास्की, १० भदौ: माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् । सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका […]

१८ लाख अनुदान वितरण

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी […]

खीर खाने दिन ७५ प्रतिशत बढी दूध बिक्री

काठमाडौं, साउन १६ । साउन १५ अर्थात् खीर खाने दिन । परम्परादेखि खीर खाने दिनका रूपमा मनाउँदै आएको यो दिन अर्थात् साउन १५ लाई खीर दिवसका रूपमा मनाउने सरकारले घोषणा गरेको छ । खीर खाने दिन भएको हुनाले अरू दिनको तुलनामा ७५ प्रतिशत बढी दूध बिक्री भएको छ । अरू दिन छदेखि सात लाख लिटर […]

निषेधाज्ञाले रोक्यो दूध बिक्री

सल्यान । सल्यानका पशुपालक किसानले उत्पादन गरेको दूध बिक्री हुन सकेको छैन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले झन्डै डेढ महिनादेखि जारी गरेको निषेधाज्ञाका कारण दूध बिक्री हुन नसकेको हो । दूध बिक्री नभएपछि पशुपालन तथा दूध बिक्री गरेर जीविकोपार्जन गर्दै आएका किसान बढी मर्कामा परेका छन् । दुग्ध व्यवसायीले दूध खरिद कम गरेपछि व्यवस्थापन गर्न समस्या भएको किसानको भनाइ छ । कोरोनाको त्रास र निषेधाज्ञाले जिल्लाका व्यावसायिक दूध किसान निकै मर्कामा परेका छन् । किसानले उत्पादन गरेको दूध बिक्री गर्न सकिरहेका छैनन् । एकातिर उपभोक्ताले दूध खान पाएका छैनन् भने अर्कातिर किसानलाई दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ । दूध बिक्री नहुँदा मासिक १ लाख ५० हजारका दरले घाटा लागिरहेको त्रिवेणी गाउँपालिका–६ लुहामका किसान कृष्णकुमार रेउलेले बताए । ‘अहिले निषेधाज्ञा छ । गाईलाई दूध नदेऊ भन्ने कुरै भएन । तर, दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ,’ उनले भने । ६ वर्षदेखि कृष्ण गाई फार्म सञ्चालन गर्दै आएका रेउलेले दैनिक १ सय २० लिटरभन्दा बढी उत्पादित दूधले बजार नपाएको गुनासो गरे । ‘२० वटा गाईबाट बिहान–साँझको दूध १ सय २० लिटरभन्दा बढी हुन्छ । पहिले डेरी खुला थिए र लिन्थे तर आजभोलि निषेधाज्ञाले दूध नै बिक्री भएको छैन,’ उनले भने । निषेधाज्ञाले दूध मात्र बिक्री गर्न समस्या नभई वस्तुभाउलाई खुवाउने दाना ल्याउनसमेत समस्या भइरहेको रेउलेले  बताए । ‘दाना ल्याउन दाङ जाँदा पास नभएको भन्दै प्रहरीले बीच बाटोबाटै फर्काइदियो’, उनले भने ।  निषेधाज्ञामा सवारी साधन नचल्दा दूध ढुवानीमा समस्या भएको सिद्ध कुमाख गाउँपालिका–१ पटोरका किसान राजेशकुमार बस्नेतले बताए । दैनिक ४५ लिटर दूध उत्पादन भए पनि आफ्नो साधन नहुँदा डेरीसम्म पुर्‍याउन सास्ती भोग्नु परेको उनको गुनासो छ । ‘निषेधाज्ञाअघि दूध बिक्रीबाट मासिक ८० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको भए पनि अहिले आम्दानी घटेको उनले जानकारी दिए ।