काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नबाँड्ने निणर्य गरेको हो । कम्पनीको अघिल्लो आव २०७७/७८ को वासलात, सोही आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरूमाथि छलफल गरी सोलाई स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने कम्पनीले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशलमव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरिएको थियो ।