नेपालमा मनसुन सकिएको घोषणा भएको एक हप्ता नबित्दै मनसुनमा झैँ देशभर वर्षा भयो । नेपालमा असोज २५ गते नै मनसुन बाहिरिएको अवस्था थियो । त्यसपछि केही मौसमी उतार चढाव देखापर्यो । नेपालको उत्तरी सिमाना र दक्षिणतर्फ न्यून चापीय र क्षेत्रहरुको विकास भयो । पश्चिम बङ्गाल र अरब सागरबाट जलवाष्पयुक्त हावा न्यून चापीय हावालाई परिपूर्ति गर्नको लागि नेपालको क्षेत्रमा आयो । त्यसैले गर्दा नेपालमा पानी पार्यो । नेपालमा अहिले पोष्ट मनसुनको अवस्था हुनु पर्दथ्याे । यो घाम लाग्ने, बढी चिसो नहुने, पानी नपर्ने बेला हो । यस्तो मौसमी प्...