एक साता नबित्दै झापामा अर्को जंगली हात्ती मृत फेला परेपछि संरक्षणकर्मीहरु चिन्तित बनेका छन् । गत शुक्रबार बुद्धशान्ति ५ पाँचपोखरी वन क्षेत्रमा एउटा हात्ती मृत भेटिएको थियो । जिल्लामा लगातार हात्ती मारिन थालेपछि संरक्षणकर्मीहरु चिन्तित बनेका हुन् । झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा जंगल क्षेत्र नजिकै बुधबार बिहान झन्डै ३० वर्षको हात्ती मृत फेला परेको थियो ।