हात्ती संरक्षण कार्यक्रम ल्याउन माग

भरतपुर-चितवनका पर्यटन व्यवसायीले हात्ती संरक्षणको कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । १०औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा खैरहनी–१३ बैरियामा आयोजित कार्यक्रममा हात्ती पलायन हुन लागेकोमा चिन्ता व्यक्त गरे ।युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषिराम तिवारीले हात्ती बचाउने विशेष कार्यक्रमको खाँचो परेको बताए । “हात्ती पाल्न नसकेर बेच्ने, फिर्ता गर्ने बढ्यो,” उनले भने, “सरकारले विशेष कार्यक्रम […]