नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् ।
आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै रमाइरहेका छन् । ती सबै भारतबाट नेपाल घुम्दैफिर्दै आएका हुन् ।
वन्यजन्तु, चराचुरुङ्गीको भौगोलिक सीमा हुँदैन । वन्यजन्तुलाई विचरण गर्न, आफ्ना पुर्खाले हिँड्ने गरेको क्षेत्र घुमफिर गर्न न पासपोर्ट चाहिन्छ, न भिसा नै...