एनआईसी एशिया बैंकका खाता कनेक्ट आईपीएसमा अनलाईन भेरिफाई गर्न सकिने

एनआईसी एशिया बैंक लि.का ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ । यस अनलाईन सुविधा सँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएस मा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्दछन् ।  अनलाईन सेल्फ भेरिफाई गरिएका खाताहरूका लागि बैंकले प्रतिदिन रु २ लाख तथा प्रति महिना रु १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ । कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाक...

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंक म्युचुअलका दुई फण्डले इकाईधनीको बैंक खातामा पठाए लाभांश

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई फण्डले आफ्ना इकाईधनीहरूको बैंक खातामा नगद लाभांश पठाएका छन् । एनआईसी एशिया क्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरूको बैंक खातामा नगद लाभांश पठाएका हुन् । गत आवको मुनाफाबाट एनआईसी एशिया ब्यालेन्सड् फण्डले करसहित १० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले १० दशमलव ५० प्रतिशत नगद लाभांश करसहित दिएका हुन् ।  यी दुवै फण्डले मङ्सिर १ गतेदेखि इकाईधनीहरूको बैंक खातामा नगद लाभा‌ंश पठाउन शुरु गरेकाले आफ्नो बैंक खातामा लाभांश प्राप्त भए/नभएको यकिन गर्न अनुरोध गरेका छन् ।  हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका इकाईधनीले आफ्नो हितग्राही खाता रहेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी बैंक खातामा समयमै अद्यावधिक गराउनु पर्नेछ । त्यसपछि बैंक खातामा नै नगद लाभांश प्राप्त हुनेछ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।   सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

एनआईसी एशिया बैंक चाडबाड अफर सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक गरेको हो । उक्त अफरमा बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ । यो अफर...

शेयरबजारमा स्थानीयको चासो : आईपीओ भर्नेको संख्या लगातार बढ्दै

वैशाख १२, रौतहट  । यसअघि बैंकमा खाता खोलेर बैंकिङ्ग कारोबार गर्दै आएका चन्द्रपुर नगरपालिका - ४ का युवा विकास सुवेदीलाई शेयरबजार सम्वन्धी खासै जानकारी थिएन । तर उनका साथीले भने शेयरबजारमा दिएको चासोले उनको पनि ध्यान यसैमा गयो । साथीहरु कै सल्लाहमा उनले बैंकमा गएर डिम्याट खाता र मेरो शेयरको फारम भरे । त्यसपछि बिस्तारै उनले शेयर कारोबार अर्थात् विभिन्न कम्पनीले निष्कासन गर्ने गरेको आईपीओ भर्न थाले ।  चन्द्रपुर नगरपालिकामा विकास जस्तै धेरै युवाहरुले पछिल्लो समयमा शेयर मार्केटका बारेमा चासो दिन थालेका छन् । आजभोलि कर्मचारी तथा  गृहिणी मात्र होइन, विद्यालय तह उत्तिर्ण गरी कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि शेयर कारोबारमा ध्यान दिने गरेका छन् । यसक्षेत्रमा शेयरबजारमा स्थानीयको चासो बढ्दै गएको छ भने आईपीओ भर्नेको संख्या पनि लगातार बढ्दै गएको पाइएको छ । मुनलाईट एकेडेमी चन्द्रपुरका प्रिन्सिपल श्याम किशोर चौधरीले कक्षा ११ र १२ मा अध्ययनरत अधिंकाश विद्यार्थीले शेयर बजारमा चासो लिने र आईपीओ भर्ने गरेको बताए । ‘कलेजमा पनि शेयरका बारेमा अध्ययन हुन्छ’, उनले भने, ‘बैंकका कर्मचारी आएर बेला बेलामा सिकाउने पनि गरेका छन् ।’ अध्ययनमा पनि यसले महत्व दिने भएकाले उनीहरुलाई आवश्यक सहयोग तथा सल्लाह दिने गरेको उनको भनाइ छ । कलेजमा अध्ययनरत विद्यार्थीले अभिभावकलाई पनि बुझाउने र आईपीओे भर्न प्रेरित गर्ने गरेको प्रिन्सिपल चौधरीले बताए । छोराछोरी कै सल्लाहमा बैंकमा डिम्याट खाता खोलेर आईपीओ भर्न थालेको स्थानीय अभिभावक अशोक कोइरालाले बताए । यस बारेमा खासै थाहा थिएन् उनले भने, ‘छोराछोरीले बताएपछि भर्न थालें ।’ ‘अनलाईनबाट सजिलैसँग आईपीओ भर्न सकिने रहेछ’, उनले भने । चन्द्रपुर नगरभित्र रहेका अधिंकाश कलेजका विद्यार्थी र उनीहरुका अभिभावकले आईपीओ भर्ने गरेका छन् । चन्द्रपुरमा रहेको एनआईसी एशिया बैंक शाखाबाट दैनिक सरदरमा ४/ ५ जनाले डिम्याट खाता खोल्ने गरेको बैकका इन्चार्ज नेहा देवले बताइन् ।  अनलाईनबाट सजिलैसँग डिम्याट खाता खोल्न सकिने भएपछि धेरैले यस सुविधाको प्रयोग गरेको उनको भनाइ छ ।

साढे ५१ लाखले खोले डिम्याट खाता,  बढी खाता खोल्नेमा एनआईसी एशिया बैंक

वैशाख २, काठमाडौं । धितोपत्र कारोबार गर्नेको संख्या बढ्दै गएपछि हितग्राही खाता (डिम्याट खाता) खोल्नेको संख्या झण्डै  साढे ५१ लाख पुगेको छ । नेपाल धितोपत्र बोर्डले २०७३ साउन १ गतेदेखि डिम्याट खातालाई अनिवार्य गरेको हो ।  त्यसअघि भौतिक अर्थात् कागजी प्रमाणपत्र शेयर खरीदविक्रीका लागि  आवश्यक पथ्र्यो । अहिले सबै कारोबार अनलाइनबाट हुन्छ । शेयर खरीदविक्रीका लागि कागजपत्र चाहिने व्यवस्थालाई हटाएर बोर्डले हरेक कारोबारका लागि डिम्याट खाता अनिवार्य गरेसँगै यस्तो खाता खोल्ने बढ्दै गएका छन् ।  सिडिएस एण्ड क्लिएरिङ (सीडीएससी) का प्रवक्ता सुरेश न्यौपानेका अनुसार २०७८ चैत ३० गतेसम्म कूल ५१ लाख ३७ हजार ९६९ डिम्याट खाता खुलेका छन् । यी खातामध्ये कतिपयले दोहोरो खाता खोलेका हुन सक्ने न्यौपानेले बताए । अहिलेसम्म दोहोरोपन परेका खाताको यकिन हुन सकेको छैन । हाल ८१ ओटा निक्षेप सदस्यमार्फत यी खाता खुलेका हुन् । धेरै डिम्याट खाता खोल्नेमा एनआईसी एशिया बैंक  चैत ३० गतेसम्म सबैभन्दा बढी डिम्याट खाता एनआईसी एशिया बैंकमा खुलेका छन् । यो क्यापिटलले चैत ३० गतेसम्म ५ लाख ६८ हजार ५०६ डिम्याट खाता खोलेको छ । त्यस्तै बढी खाता खोल्नेमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड पनि अग्रस्थानमा  छ । यो क्यापिटलले सोही अवधिसम्म ४ लाख १ हजार ९९९ डिम्याट खाता खोलेको छ ।  त्यस्तै गरी बढी डिम्याट खाता खोल्ने १० निक्षेप सदस्यमा परेका थप दुईओटा बैंक सिटिजन्स र सानिमाले अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी खाता खोलेका हुन् । यो अवधिमा सिटिजन्स बैंकले १ लाख ५९ हजार ८१६ डिम्याट खाता खोलेको छ । त्यसैगरी सानिमा बैंकले पनि यो अवधिमा १ लाख ४६ हजार ५४६ डिम्याट खाता खोलेको थियो ।  हालसम्म सबैभन्दा कम डिम्याट खाता अक्सफोर्ड सेक्यूरिटिज प्रा.लि.ले खोलेको छ । यो सेक्यूरिटिजले १ हजार ६१५ ओटा डिम्याट खाता खोलेको छ ।  नौ महीनामा थपिए १३ लाख नयाँ डिम्याट  चालू आर्थिक वर्ष (आव) २०७८/७९ को नौ महीनामा १३ लाख ४१ हजार ७४९ नयाँ डिम्याट खाता थपिएका छन् । सीडीएसीका अनुसार चालू आवको उक्त अवधिमा ८१ ओटै निक्षेप सदस्यमा नयाँ डिम्याट खाता थपिएका हुन् । गत आवको अन्त्यसम्म ३७ लाख ९६ हजार २२० डिम्याट खाता थिए ।  आर्थिक अभियानको प्रिन्ट संस्करणबाट

एनआईसी एशियाले ल्यायो डिम्याट खाता खोल्दा उपहार योजना, हरेक साता ६७ जनाले पाउने

एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ। अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा एन आई सी एशिया क्यापिटलले पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत “एन आई सी एशियाको डिम्याट खाता साथमा, हप्तै पिच्छे उपहारको बहार हातमा” भन्ने नारा सहित विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको हो।अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा क्यापिटलले डिम्याट खाता खोल्ने खातावालाहरु मध्येबाट गोलाप्रथा विधिबाट  छनौट गरि विभिन्न उपहार प्रदान गर्ने जनाएको छ। क्यापिटलले हरेक साता २ जनालाई स्मार्ट वाच, ५ जनालाई एनआईसी एसिया क्यापिटलले संचालन गरेको खुलामुखी म्युचुअल फण्ड योजनाको १०० इकाई, ५ जनालाई आजीवन डिम्याट शुल्क छुट, ५ जनालाई निशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्ने कुपन, र ५० जनालाई एनआइसी एसियाको न्युजलेटर प्रदान गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार २०७८ साल पौष १८ गते देखि २०७८ साल फाल्गुण मसान्तसम्म एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयहरु र अनलाइन मार्फत डिम्याट खाता खोल्ने यस उपहार योजनामा समावेश हुन सक्ने छन् । भाग्यशाली खातावालाहरुको नामवली र उपहारको विवरण क्यापिटलको आधिकारीक सोसियल मिडिया पेज मार्फत प्रकाशित गरिने क्यापिटलले जनाएको छ। क्यापिटलले विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता अभियान ' संचालन गरिरहको छ।

एनआईसी एशिया क्यापिटलद्वारा डिम्याट  खाताको वार्षिक शुल्क बुझाउन अनुरोध

असार २७, काठमाडौं ।  एनआईसी एशिया  क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता वापतको नबिकरण शुल्क बुझाउन अनुरोध गरेको छ । यस क्यापिटल र  एनआईसी एशिया बैंक लिमिटेडका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव २०७७/ ७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क रू. १०० बुझाउन भनिएको छ । हितग्राहीहरुले साउन १५ गते  भित्र बैंकको ५४४४४५१०२५५२४००९ खाता नम्बरमा अथवा ई - सेवा, खल्ती, आइएमई - पे र कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि साउन १५ गते भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुनेछ । साथै एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकमार्फत मेरो शेयर सेवा लिइरहको हितग्राहीहरुले सेवा सञ्चालनमा आएको एक वर्षको अवधिमा नबिकरण गरिसक्नुपर्नेछ । सो समय अवधि भित्र नबिकरण नभएमा उक्त सेवा बन्द हुने भएकाले वार्षिक सञ्चालन शुल्क रू. ५० पनि बुझाउन पनि भनिएको छ ।