एनआईसी एशियाले ल्यायो डिम्याट खाता खोल्दा उपहार योजना, हरेक साता ६७ जनाले पाउने

एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ। अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा एन आई सी एशिया क्यापिटलले पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत “एन आई सी एशियाको डिम्याट खाता साथमा, हप्तै पिच्छे उपहारको बहार हातमा” भन्ने नारा सहित विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको हो।अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा क्यापिटलले डिम्याट खाता खोल्ने खातावालाहरु मध्येबाट गोलाप्रथा विधिबाट  छनौट गरि विभिन्न उपहार प्रदान गर्ने जनाएको छ। क्यापिटलले हरेक साता २ जनालाई स्मार्ट वाच, ५ जनालाई एनआईसी एसिया क्यापिटलले संचालन गरेको खुलामुखी म्युचुअल फण्ड योजनाको १०० इकाई, ५ जनालाई आजीवन डिम्याट शुल्क छुट, ५ जनालाई निशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्ने कुपन, र ५० जनालाई एनआइसी एसियाको न्युजलेटर प्रदान गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार २०७८ साल पौष १८ गते देखि २०७८ साल फाल्गुण मसान्तसम्म एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयहरु र अनलाइन मार्फत डिम्याट खाता खोल्ने यस उपहार योजनामा समावेश हुन सक्ने छन् । भाग्यशाली खातावालाहरुको नामवली र उपहारको विवरण क्यापिटलको आधिकारीक सोसियल मिडिया पेज मार्फत प्रकाशित गरिने क्यापिटलले जनाएको छ। क्यापिटलले विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता अभियान ' संचालन गरिरहको छ।