म्याग्दी : एक नगरपालिका र ५ वटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९-८० का लागि २ अर्ब ९७ करोड ८२ लाखको बजेट पारित गरेका छन्।शुक्रवार सम्पन्न जिल्लाका ६ वटै स्थानीय तहहरूको नगर तथा गाउँसभा उक्त बजेट पारित गरिएको हो।जिल्लाको एक मात्र नगरपालिका बेनी नगरपालिकाको बेनीमा सम्पन्न एघारौँ अधिवेशनले ७३ करोड २२ लाखको बजेट पारित गरेको छ। ‘कृषि, पर्यटन र पूर्वाधार : स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारालाई आत्मसाथ गर्