कुल ७५३ स्थानीय तहहरु मध्ये ६ वटै महानगरपालिकाहरुले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित आय व्ययसहितको बजेट ल्याएका छन् । संविधानतः अन्तरसरकारी वित्त व्यवस्था ऐन, २०७२ अनुसार स्थानीय तहले आर्थिक वर्षको बजेट अघिल्लो वर्षको असार १० गतेभित्र ल्याइसक्नुपर्छ । सोही व्यवस्था बमोजिम शुक्रबार ६ महानगरपालिकाले नगर सभामार्फत बजेट सार्वजनिक गरेका हुन् । मूलतः यतिखेर ६ वटा महानगरपालिकाले कस्तो बजेट ल्याए ? सबैको चासोको विषय बनेको छ । खासगरी स्थानीय तह निर्वाचन, २०७९ पछि निर्वाचित नयाँ जनप्रति