२०७ स्थानीय तहले ल्याउनै सकेनन् बजेट

नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेश गर्नुपर्ने व्यवस्था छ । कूल ७५३ स्थानीय तहमध्ये ५४६ स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको भए पनि २०७ स्थानीय तहले विभिन्न कारणले गर्दा बजेट प्रस्तुत नै गर्न सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये १०७ स्थानीय तहले बजेट ल्याइसकेका छन् । सो प्रदेशका ३० स्थानीय तहले भने हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । कूल १३६ स्थानीय तह भएको मधेस प्रदेशका ६५ स्थानीय तहमा विवादका कारण चालु आवको बजेट नै प्रस्तुत हुन सकेको छैन । उक्त प्रदेश मातहतका ७१ स्थानीय तहले भने असारको दोस्रो साता नै बजेट प्रस्तुत गरेका थिए । सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशका पनि ३४ स्थानीय तहको बजेट तोकिएको समयमा पेश हुन सकेको छैन । सो प्रदेशको कूल ३४ स्थानीय तहमा बजेट पेश भएको छैन । कूल ११९ स्थानीय तहमध्ये ८५ स्थानीय तहले भने तोकिएको समयमा नै चालु आवको नीति तथा कार्यक्रम र बजेट पेश गरिएको थियो । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ७६ स्थानीय तहले बजेट प्रस्तुत गर्दा नौ तहको भने बाँकी देखिन्छ । लुम्बिनी प्रदेशका कूल १०९ स्थानीय तहमध्ये ८४ वटाले बजेट ल्याएका छन् भने २५ वटाको हालसम्म सुुरसार नै देखिँदैन । केहीको भने विवाद देखिएको छ । कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ६० वटाले बजेट ल्याए भने १९ वटाको अझै बाँकी देखिन्छ । सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ६३ वटाले बजेट ल्याउँदा २५ वटाको अझै पनि बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असार ३१ गते नै बजेट स्वीकृत भएको विवरण अध्यावधिक गराउन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा ६ बमोजिम नगर वा गाउँ सभाले असार मसान्तभित्र आगामी आवको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ तर, ती स्थानीय तहले हालसम्म पनि यसअनुसार बजेट प्रस्तुत गरेका छैनन् ।

सम्बन्धित सामग्री

यी हुन अझै बजेट नल्याउने स्थानीय तह

काठमाडौं – बजेट पेस गर्नुपर्ने पाँच महिना बित्दासमेत नौ वटा स्थानीय तहले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् । बजेट पेस नगर्नेे अधिकांश स्थानीय तह मधेस प्रदेशका रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका ८ वटा र कोशी प्रदेशको एउटा स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस नगरेका हुन् […]

अझै पेश गरेनन् ५२ स्थानीय तहले बजेट

नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट पेश नगरेका हुन् । हालसम्म चालु आर्थिक वर्षको बजेट पेश नगर्नेमा प्रदेश १ का २, मधेश प्रदेशका ३५, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तह रहेका छन् । हालसम्म गण्डकी प्रदेशको मात्र सबै स्थानीय तहले बजेट पेश गरिसकेका छन्

मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

काठमाडौं : आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो।मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन्। गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन्। बजे

मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो ।मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन् । बजेट प्रव

त्रिसठ्ठी स्थानीय तहले बजेट पेश गरेनन्

काठमाडौँ,२७ साउन । देशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरु भएर भुक्तानी प्रक्रिया सुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले जानकारी दिए […]

काठमाडौंसहित बागमती प्रदेशका १९ स्थानीय तहले संघमा पेश गरेनन् बजेट

हेटौंडा : बागमती प्रदेशको काठमाडौं महानगरपालिकासहित १९ वटा स्थानीय तहले अझैसम्म चालू आर्थिक वर्षको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेका छैनन्। चालू आर्थिक वर्ष २०७९\८० को बजेट असारमा नै पास गरिसके पनि बागमती प्रदेशका १९ स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश नगरेका हुन्। नयाँ आर्थिक वर्ष सुरु भएको दुई साताभन्दा बढी भइसके पनि १९ स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा १ सय १९ स्थानीय तह रहको छ। त

धनकुटाका सातमध्ये चार स्थानीय तहले ल्याए बजेट

सात स्थानीय तह रहेको धनकुटाका चार वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । तीन स्थानीय तहले भने विवादका कारण बजेट प्रस्तुत गर्न नसकेको जनाएका छन् ।धनकुटाको छथरजोरपाटी गाउँपालिका, शहिदभूमी गाउँपालिका, चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् भने धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका र साँगुरीगढी […]

३९४ वटा स्थानीय तहले मात्र बजेट पेस गरे

काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को लागि हालसम्म ३९४ स्थानीय तहले मात्र बजेट पेस गरेको जनाएको छ।जेठ १० गतेभित्र बजेट पेस गर्नुपर्ने भए पनि अझै ३५९ स्थानीय तहले बजेट पेस गरेका छैनन्।मन्त्रालयका अनुसार बजेट पेस गर्नेमा प्रदेश–१ का ८०,प्रदेश–२ का ५७, बागमतीका ६२, गण्डकीका ६३, लुम्बिनीका ६६, कर्णालीका २२ र सुदूरपश्चिमका ४४ स्थानीय तह छन्।

१२१ स्थानीय तहले मात्र पेस गरे बजेट

काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गते भित्र १२१ स्थानीय तहले मात्रै आगामी वर्षको बजेट ल्याएको जनाएको छ।७५३ स्थानीय तहमध्ये १२१ वटाले समयमै बजेट प्रस्तुत गर्न सकेका हुन्।समयमै बजेट प्रस्तुत गर्नेमा प्रदेश १ का २६,प्रदेश २ का १३, बागमती प्रदेशका १६, गण्डकी प्रदेशका २२,लुम्बिनी प्रदेशका २०, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका १४ वटा स्थानीय तह छन्।

स्थानीय तहले अब अनिवार्य स्वमूल्याङ्कन अभ्यास गर्नुपर्ने

स्थानीय तहले अबदेखि आफूले गरेको कामलाई आफैँले स्वमूल्याङ्कन गरी अन्तरपालिकासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यो स्थानीय तहको नौलो अभ्यास पनि हो । स्थानीय तहले गरेको सबल र दुर्बल पक्षको समीक्षा गर्दै स्थानीय तहबीच तुलनायोग्य सूचक तयार गरी स्वमूल्याङ्कन गर्नुपर्ने गरी स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ निर्माण गरिएको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट, योजना, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिता, वातावरण संरक्षण र वि...