१३७ दिनसम्म पेट्रोलको मूल्य नबढाउँदा भारतले गुमायो २ खर्ब भारू, अहिले दैनिक मूल्यवृद्धि

नयाँ दिल्ली (भारत) । भारतले पछिल्लो १३७ दिनसम्म डिजेल पेट्रोलको मूल्य नबढाउँदा करीब २ खर्ब भारतीय रुपैयाँ घाटा खाएको अनुमान गरिएको छ । सरकारले नोभेम्बर देखि १३७ दिन सम्म दैनिक मूल्य संसोधन ठप्प पार्दा मुख्य खुद्रा तेल विक्रेताहरु इन्डियन आयल कर्पोरेशन (आईओसी), भारत पेट्रेलियम र हिन्दुस्तान पेट्रोलियमले १ खर्ब ९० अर्ब रुपैयाँ भन्दा धेरै गुमाएको मूडिजको इन्भेष्टर्स सर्भिसले हालै बताएको छ । विश्व बजारमा कच्चा तेलको भाउ ११० देखि १२० डलरबीच रहँदा भारतमा पेट्रोल र डिजेलको भाउ क्रमशः १३ रुपैयाँ १० पैसादेखि २४ रुपैया ९० पैसा र १० रुपैयाँ ६० पैसादेखि २२ रुपैया ३० पैसासम्म बढाउनु पर्ने विश्लेषकहरुले बताएका छन् ।  कच्चा तेलको भाउ औसत सय डलरमा रह्यो भने प्रति लिटर डिजेल पेट्रोलको भाउ ९ देखि १२ रुपैयाँ बढाउन पर्छ भनेर क्रिसिल रिसर्चले बताएको छ । औसत मूल्य ११० देखि १२० डलरबीच रहँदा भने यो वृद्धि १५ रुपैयाँदेखि २० रुपैयाँसम्म हुन सक्ने अनुमान क्रिसिलको छ । भारतले १३७ दिनसम्म मूल्य संसोधन ठप्प पारेपनि नेपाललाई बेचिएको तेलको मूल्य भने आईओसीले बढाएरै पठाएको थियो । त्यसैले नेपालमा पठाइने तेलको भाउ सोही स्तरमा बढ्ने भने छैन । यद्यपि, विश्व बजारमा कच्चा तेलमा हुने घटबढअनुसार केही थपघट भएर चाँहि आउनेछ । ९ दिनमा ६.४० भारू मूल्य वृद्धि भारतले हालैका दिनमा धमाधम पेट्रोलियम पदार्थको भाउ बढाइरहेको छ । गएको १० दिनमध्ये ९ दिनमा डिजेल र पेट्रोलको भाउ ६ रुपैयाँ ४० पैसा भारू बढाएको छ । बुधबार पनि त्यहाँका सरकारी तेल कम्पनीहरुले डिजेल र पेट्रोलको भाउ ८०/८० पैसा बढाएका छन् । यो विगत १० दिनमध्ये ९ औं दैनिक वृद्धि हो । पछिल्लो मूल्य वृद्धिसँगै दिल्लीमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०१ रुपैयाँ ८१ पैसा कायम भएको छ । डिजेलको भाउ पनि लिटरको ९३ रुपैयाँ ७ पैसा कायम भएको छ । अहिले भारतीय बजारमा विश्व बजारको तुलनामा पेट्रोलियम पदार्थको भाउ २० देखि २२ रुपैयाँ कम छ । सो अन्तर कम गर्न खुद्रा विक्रेताहरुले धमाधम भाउ बढाइरहेका न् । तेलको भाउ अहिले पनि विश्व बजारमा ११० डलरभन्दा माथि छ । हालैका दिनमा गरिएको मूल्य संसोधनले सो अन्तरको थोरै मात्रै भरपाई गरेकोले थप मूल्य वृद्धि हुने देखिएको छ । एजेन्सी

सम्बन्धित सामग्री

पेट्रोलको मूल्य बढेर आयो

नेपाल आयल निगमलाई आईतबार प्राप्त मूल्य अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेलको मूल्य घटेर आएको छ।...

अमेरिकामा पेट्रोलको मूल्य रूसले युक्रेनमा आक्रमण गर्नुअघि भन्दा पनि सस्तो

अमेरिकामा पेट्रोलको औसत मूल्य यस वर्षको सुरुमा रुसले युक्रेनमा आक्रमण गर्नुअघिको मूल्यभन्दा पनि तल झरेको छ। फेब्रुअरी पछि पहिलो पटक पेट्रोलको मूल्य प्रति ग्यालन ३ डलर ५० सेन्टस भन्दा कम भएको हो । नियमित ग्यासको मूल्य अमेरिकामा प्रति ग्यालेन औषतमा ३ डलर ४७ सेन्टसमा झरेको छ । गत फेब्रुअरी २४ मा अमेरिकामा पेट्रोलको मूल्य प्रति […]

महिनौंपछि अमेरिकामा पेट्रोलको मूल्य ४ डलरभन्दा कम

महिनौंपछि अमेरिकामा पेट्रोलको मूल्य ४ डलरभन्दा कम भएको छ । मार्चयता पहिलोपटक पेट्रोलको औषत मूल्य अमेरिकामा ४ डलरभन्दा कम भएको हो । बिहिबार पेट्रोलको मूल्य प्रतिग्यालेन ३ डलर ९९ सेन्टसमा झरेको छ । गत जुन महिनामा अमेरिकामा पेट्रोलको मूल्य औषतमा ५ डलर नाघेको थियो । त्यो यता मूल्य २१ प्रतिशतले घटेको छ । तरपनि गत […]

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घट्यो, नेपलमा पनि घट्नुपर्छ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटेपनि नेपाली बजारमा नघटाइएकोप्रति आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले पेट्रोलको मूल्य घटाउन माग गरेका हुन्। उनले भने,...

भारतबाट पेट्रोलको मूल्य बढेर आयो

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा घटेर आएको छ। पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ। यस्तै डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ...

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । जसअनुसार पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।पछिल्लोपटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार अन्य इन्धनको मूल्य भने बढेको छ । डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँ, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले मूल्य बढेर आएको छ  । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य २७३ रुपैयाँ ३८ पैसाले बढेर आएक

भारतका छ शहरमा पेट्रोलको मूल्य एक सय भारुभन्दा बढी

एजेन्सी। भारतका छ वटा शहरमा पेट्रोलको मूल्य एक सय रुपैयाँ भारुभन्दा माथि पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा निरन्तर उकालो लाग्दा भारतमा पनि मूल्य आकासिएको हो। दिल्ली, मुम्बई, चेन्नई, कोलकाता, बेंगलुरु र भोपालमा पेट्रोलको मूल्य एकसय भारुभन्दा माथि पुगेको हो। यससँगै नेपालमा पनि पेट्रोलको मूल्य थप बढ्ने सम्भावना देखिएको छ। हाल प्रतिलिटर १२८रुपैयाँ कायम रहेको पेट्रोलको भाउ बढ्ने देखिएको छ।

प्रतिलिटर १२९ रुपैयाँ पुग्यो पेट्रोलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले डिजेल/पेट्रोलको मूल्य फेरि बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ११२ रुपैयाँ तोकिएको छ। निगमले भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची बढाएर पठाएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको बताएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलर पुगेको छ।