अर्थमन्त्री शर्मालाई २५ दिनपछि पुनः मन्त्रालयको कार्यभार

काठमाडौं । जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो । संसदीय छानबिन विशेष समितिबाट सफाई पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो । नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहण पश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सवलिकरण […]

सम्बन्धित सामग्री

३० अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको छुः अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको दाबी गरेका छन्।...

पुँजी बजार सुधारमा अर्थमन्त्री पुनको सक्रियता

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पुँजी बजार सुधारमा सक्रियता देखाएका छन् । मन्त्रालयको कार्यभार सम्हालेको एक साता नपुग्दै मन्त्री पुनले पुँजी बजारका नियामक निकायलाई समस्या समाधानसहित कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।...

अर्थमन्त्री पुनद्वारा पदबहाली, यस्तो छ पहिलो निर्णय

काठमाडौँ, २३ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए । “अर्थतन्त्रमा शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । […]

सचिवद्वय राया र घिमिरेले सम्हाले कार्यभार

२२ पुस, काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरेका हुन् । सचिवद्वय राया र घिमिरेलाई स्वागत गर्नुअघि मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आएका सचिवद्वय कृष्णहरि पुष्कर […]

दुई सचिवले सम्हाले मन्त्रालयको कार्यभार

काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारबाट अर्थमन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिव द्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गर्नुभएको हो । साथै मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका सचिवद्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई […]

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले गरे पदभार ग्रहण

काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज शर्मालाई मन्त्रीमा नियुक्त गरेसँगै उनले आजै अर्थमन्त्रीको शपथ लिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई मन्त्री पदमा नियुक्त गरी अर्थ मन्त्रालयको कार्यभार तोकेकी हुन्। उनलाई मन्त्रालयका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए। बजेट निर्माणको क्रममा अनधिकृत…

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाले

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रीविहीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट अर्थमन्त्री शर्मा राजीनामा दिएको हुनाले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेकी छन्। बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको […]

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाल्ने

काठमाडौँ- अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी हुन् । अर्थमन्त्री जनार्दन शर्माले आज दिएसँगै रिक्त पद प्रधानमन्त्रीले नै सम्हाल्नेगरी कार्यभार तोकेकी हुन् । यससँगै प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा प्रधानमन्त्री देउवालाई तोकेकी हुन् ।

जनार्दन शर्माको राजीनामापछि कसले पायो अर्थ मन्त्रालयको कार्यभार ?

प्रधानमन्त्री शेर बहादुर देउवाले अर्थ मन्त्रालय आफुले नै सम्हाल्ने भएका छन्। अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएपछि प्रधानमन्त्री देउवाले अर्थमन्त्रालयको कार्यभार अन्य कुनै मन्त्रीलाई नदिएर आफुसंगै राखेका हुन् ।यस संगै अर्को ब्यबस्था नहुँदासम्म देउवाले नै अर्थमन्त्रीको रुपमा भूमिका निभाउने छन् । राष्ट्रपति कार्यालयले देउवाले नै अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरि रोकिएको उल्लेख गरेको छ । राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय अर्थ मन्त्री श्री जनार्दन शर्माले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा अर्थ मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।' प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालिरहेका छन् । अर्थ मन्त्री जनार्दन शर्माले आज संसदमा सम्बोधन गर्दै राजिनामा दिएको घोषणा गरेका हुन्। राजिनामा दिदै उनले आफु एउटा मात्र होइन, हजारौ छानविनको लागि तयार रहेको बताए । उनले भने 'आज आम नागरिकले आवाज उठाएका कारण , मेरो बिरुद्द एउटा भ्रम सिर्जना भएको कारण, मैले देशको पक्ष, जनताको पक्षमा काम गरेको हुदा हुदै पनि भ्रमण सिर्जना भएर जुन समस्या देखेको छु, त्यसलाई सत्य तथ्यले स्पष्ट गर्ने छ'।त्यस्तै उनले अनावश्यक झुटा आरोप र लाल्छाना लगाईएको भन्दै त्यसको आफ्नो तर्फबाट खारेज गरेको बताए । उनले आफुले छानविन समितिलाई पूर्ण सहयोग गर्ने बताए । उनले छानविनको लागि मार्गप्रसस्त गर्दै राजिनामा दिएको बताए । उनले छानविनले ल्याएका सस्त्य तथ्यको अगाडी उपस्थित भएर आफ्नो काम अगाडी बढाउने बताए । उनले राजिनामा माग्नेहरुलाई धन्यवाद दिदै भने 'मैले गल्ति गरेको छैन , तपैहरुको आवाजलाई सम्मान गरेर राजिनामा दिएको  छु, तथ्यमा गईदिनु होला' ।  आज मात्रै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति बनेको छ । समितिको सदस्यहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् । समितिको सभापतिको चयन सदस्यहरु आफैँले गर्न सक्नेछ ।काम सुरु गरेको १० दिन भित्रमा समितिले प्रतिवेदन पेश गर्नुपर्नेछ ।