अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाले

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रीविहीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट अर्थमन्त्री शर्मा राजीनामा दिएको हुनाले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेकी छन्। बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले सम्हाले रक्षा मन्त्रालयको कार्यभार

प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् । राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड क बमोजिम रक्षामन्त्री डा.मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई सम्हाल्ने गरी तोकेका हुन् ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्राल

प्रधानमन्त्री देउवाले नै सम्हाले उद्योग मन्त्रालयको कार्यभार

विवादका कारण नियुक्तिको दुई दिनमै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएपछि रिक्त भएको उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।  आज राष्ट्रपतिको कार्यालयले विज्ञप्ति प्रकाशन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको बताएको छ ।  हमालले आइतवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका थिए ।  गत शुक्रवार मन्त्री नियुक्त भएका हमाल प्रधानन्यायाधीश चोलेन्द्रश...