काठमाण्डौ - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ । सङ्घीय संसद्को छैटौँ अधिवेशन अर्थात् बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै जनता समाजवादी पार्टीका नेता डा. भट्टराईले प्रधानमन्त्री ओली संविधान, लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न हुनुभएको दा...