सत्तामा आएको डेड महिनामै बेलायतकी प्रधानमन्त्री लिज ट्रसको प्रधानमन्त्रीको निरन्तरतामा गम्भीर प्रश्न उठ्न थालेको छ । मंगलबार दिनभरको हलचलपछि आम्र्ड फोस मन्त्री जेम्स हेपीले ट्रसको बचाउ गर्दै अहिले प्रधानमन्त्रीलाई बदल्ने समय नभएको बताए । उनले ट्रस हटाएमा पार्टीमा एकता बढ्ने भन्ने दावीलाई खारेज गरे । ट्रस आफैले पनि आगामी आम चुनावसम्म कन्जरभेटिभ पार्टीको नेतृत्व गर्ने बताएकी छन् ।तर, लेबर पार्टीले चुनावको माग गरिरहेको छ । बीबीसीका राजनीतिक सम्पादक क्रिस मेसनसँग कुरा गर्दै ट्रसले बजेटमा