काठमाडौं : संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइसम्बन्धी पुस्तिका नै प्रकाशित गर्ने भएको छ।समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाइसम्बन्धी व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो।समितिको काम प्रभावकारी बनाउने गरी त्यससम्बन्धी विगतका कामहरुको विवरणसहितको पुस्तिका तयार गर्न सचिवालयलाई निर्देशन दिइएको सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए।उनले भने, ‘नेपालको