पुर्चाैडी नगरपालिकाको बजेट ६५ करोड २२ लाख

पुर्चाैडी नगरपालिकाले ६५ करोड २२ लाखको रुपैयाँको बजेट ल्याएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि ६५ करोड २२ लाखको रुपैयाँको बजेट ल्याएको हो।...

सम्बन्धित सामग्री

पर्साका सरकारी कार्यालयको बजेट खर्च : चालुतर्फ ९५ % र पूँजीगततर्फ ६९ %

काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पूँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ ।  कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पूँजीगततर्फ ६९ दशमलव ५७ प्रतिशत बजेट निकासा लिएका छन् ।  पर्सास्थित सरकारी कार्यालय तथा पालिकाको चालुतर्फ रु ११ अर्ब २६ करोड १९ लाख १४ हजार नौ सय ९६ मध्ये निकासा हुने अन्तिम दिन असार २४ गतेसम्म रु १० अर्ब ७२ करोड ६४ लाख ३७ हजार छ सय १९ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए ।  यस्तै पूँजीतर्फ रु चार अर्ब ४१ करोड तीन लाख ८८ हजार चार सय ३८ मध्ये असार २४ गतेसम्म रु तीन अर्ब छ करोड ८५ लाख ९३ हजार ६४ निकासा भएको प्रमुख उप्रेतीले बताए ।  वीरगन्ज महानगरपालिकासहित जिल्लाका १४ ओटै पालिकाको समानीकरण र सशर्त बजेट रु पाँच अर्ब ४४ करोड ५४ लाख ७९ हजारमध्ये असार २४ गतेसम्म रु पाँच अर्ब १८ करोड ६१ लाख २२ हजार नौ सय ५० निकासा भएको सो कार्यालयले जनाएको छ । यसरी हेर्दा चालु आर्थिक वर्षमा पर्साका स्थानीय तहहरूले रु २५ करोड ९३ लाख ५७ हजार बजेट खर्च गर्न नसकेको देखिन्छ । वीरगन्ज महानगरपालिकालाई चालु आर्थिक वर्षको लागि रु एक अर्ब ५२ करोड एक लाख ५८ हजार रकम छुट्याइएकामा असार २४ गतेसम्म रु एक अर्ब ४७ करोड छ लाख ९० हजार निकासा भएको छ । वीरगन्ज महानगरको रु चार करोड ९४ लाख ६८ हजार खर्च गर्न नसकेको कोलेनिकाले जनाएको छ । पर्साको पोखरिया नगरपालिकालाई उपलब्ध गराइएको रु ३६ करोड २२ लाख २९ हजारमध्ये कोष तथा लेखा नियन्त्रण कार्यालयले रु ३४ करोड ३६ लाख १० हजार रकम निकासा गरेको छ । पोखरिया नगरपालिकाको यस आर्थिक वर्षमा रु एक करोड ८६ लाख १९ हजार खर्च गर्न सकेको छैन । त्यसैगरी पर्सागढी नगरपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको रु ३२ करोड ९४ लाख ९६ हजार वार्षिक बजेटमा रु ३१ करोड ३४ लाख ७१ हजार निकासा लिएको छ । पर्साको बहुदरमाई नगरपालिकाले सङ्घीय सरकारबाट पाएको रु ३९ करोड ६१ लाख छ हजारमध्ये रु ३७ करोड ६८ लाख ८१ हजार निकासा लिएको प्रमुख उप्रेतीले जानकारी दिए ।  पर्साको छिपरमाई गाउँपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको रु २९ करोड १९ लाख ३२ हजारमध्ये रु २७ करोड ५२ लाख दुई हजार मात्र निकासा भएको छ भने जगरनाथपुर गाउँपालिकाको लागि यस आवमा पठाएको रु ३१ करोड ६६ लाख ९८ हजारमध्ये रु २९ करोड ८१ लाख ८० हजार निकासा भएको जनाएको छ ।  धोविनी गाउँपालिकाले रु २३ करोड ९७ लाख ४३ हजारमध्ये रु २२ करोड ८९ लाख पाँच हजार निकासा लिएको छ भने पकाहामैनपुर गाउँपालिकामा सङ्घीय सरकारले पठाएको रु २२ करोड ३४ लाख २५ हजारमध्ये रु २१ करोड १६ लाख ६२ हजार मात्र निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । पटेर्वासुगौली गाउँपालिकाले रु २९ करोड तीन लाख ६५ हजार रकममध्ये रु २८ करोड ६२ लाख ९० हजार खर्च गरेको छ ।  विन्दवासिनी गाउँपालिकाले रु २५ करोड ३९ लाख ७९ हजारमध्ये रु २४ करोड ३३ लाख ३४ हजार निकासा लिएको छ भने सखुवाप्रसौनी गाउँपालिकाको रु ३५ करोड ३८ लाख २४ हजारमध्ये रु ३३ करोड ४८ लाख १६ हजार निकासा भएको प्रमुख उप्रेतीले बताए ।    कालिकामाई गाउँपालिकामा सङ्घीय सरकारले दिएको रु २४ करोड १५ लाख ३९ हजार रकममध्ये रु २२ करोड ९६ लाख ५४ हजार निकासा लिएको छ भने जीराभवानी गाउँपालिकाले रु २७ करोड ४५ लाख २० हजार वार्षिक बजेटमध्ये रु २४ करोड २५ हजार मात्र खर्च गर्न सकेको जनाएको छ । जिल्लाको पर्यटकीय नगरीका रूपमा परिचित ठोरी गाउँपालिकाले भने रु ३४ करोड २५ लाख ६५ हजारमध्ये रु ३३ करोड ३३ लाख ४० हजार निकासा लिएको कोलेनिकाले जनाएको छ । समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुजस्ता कारणले सरकारी कार्यालयको पूँजीगत खर्च घटेको हुनसक्ने प्रमुख उप्रेतीको भनाइ छ । रासस

बागलुङ नगरपालिकाले ल्यायो १ अर्ब ३१ करोड ११ लाखको बजेट

बागलुङ : बागलुङ नगरपालिकाले १ अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको एघारौँ नगरसभाबाट नगर उपप्रमुख राजु खड्काले प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षको तुलनामा २६ करोड रुपैयाँ बढी हो।नगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ मा १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँ सार्वजनिक गरेको थियो भने यो वर्ष झण्डै २६ करोड रुपैयाँ बढेको छ।बजेटमा चालूतर्फ ८४ करोड ५२ लाख १२ हजार पाँच सय पुँजीगततर्फ ४५ करोड ३७ लाख २२ हजार पाँच सय र वित्तीय व्यवस्थातर्फ १ करोड २२ लाख ४४ हजार गरी जम्मा १ अर

बेनी नगरपालिकाको बजेट ७३ करोड २२ लाख, उत्पादन र शिक्षामा विशेष प्राथमिकता

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

रुकुम पूर्व र पश्चिमका ९ ओटा स्थानीयतहको बेरुजु साढे ४७ करोड

भदौ ९, रुकुम । रुकुम पूर्व र पश्चिम जिल्लामा साढे ४७ करोड रुपैयाँ भन्दा बढी बेरुजु रहेको छ ।   गत आर्थिक वर्ष २०६७/०७७ मा रुकुम पूर्व र पश्चिम जिल्लाका ९ ओटा स्थानीयहरुको बेरुजु ४७ करोड ४७ लाख ५५ हजार रुपैयाँ रहेको महालेखा परिक्षणको ५८ औं प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७७ अनुसार रुकुम पश्चिम जिल्लाका ६ ओटा स्थानीय तहमा ३० करोड २३ लाख ५५ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख गरेको छ । तीन नगरपालिका र तीन गाउँपालिका रहेको रुकुम पश्चिममा उक्त रकम बेरुजु देखिएको हो । रुकुम पश्चिम जिल्लामा सबैभन्दा बढी त्रिवेणी गाउँपालिकामा र सबैभन्दा कम सानीभेरी गाउँपालिका बेरुजु रकम देखिएको छ ।  रू. ९१ करोड ६८ लाख ६ हजारको लेखापरीक्षण गरेको त्रिवेणी गाउँपालिकामा रू. ९ करोड ३ लाख ३ हजार अर्थात् ९ दशमलव ८३ प्रतिशत बेरुजु निस्किएको छ । भने सबैभन्दा कम सानीभेरी गाउँपालिकाको रू. ९१ करोड ५९ लाख ३३ हजार बजेटको लेखापरीक्षण गरिएकोमा रू. ९० लाख ७० हजार रुपैयाँ बेरुजु देखिएको छ ।  त्यस्तै बाँफिकोट गाउँपालिकाको ६९ करोड ४१ लाख २७ हजारमा रुपैयाँमध्ये १ करोड २४ लाख ९ हजार अर्थात् १ दशमलव ७९ प्रतिशत बेरुजु देखिएको छ । रू. १ अर्ब ३० करोड १५ लाख ५३ हजारको लेखापरीक्षण गर्दा मुसीकोट नगरपालिकामा ५ करोड ३८ लाख ४५ हजार अर्थात् ४ दशमलव १४ प्रतिशत बेरुजु निस्किएको छ । चौरजहारी नगरपालिकाको कुल बजेट १ अर्ब १५ करोड ९२ लाख ६६ हजारको लेखापरीक्षण भएको रकममध्ये रू. ५ करोड ६६ लाख ६४ हजार अर्थात् ४ दशमलव ९८ प्रतिशत बेरुजु भएको छ । त्यस्तै रुकुम पश्चिमकै आठबीसकोट नगरपालिकामा कुल रू. १ अर्ब ६३ करोड १६ लाख ९२ हजार बजेटको लेखापरीक्षण रकममध्ये ८ करोड ६४ हजार अर्थात् ४ दशमलव ९१ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै, रुकुम पूर्वका तीन ओटा स्थानीय तहमा १७ करोड २४ लाख बेरुजु देखिएको छ । सबैभन्दा बढी पुथाउत्तरगंग गाउँपालिकामा १४ करोड ५४ लाख ७८ हजार १५ दशमलव ६४ प्रतिशत बेरुजु देखिएको हो । उक्त गाउँपालिकामा कुल बजेट ९३ करोड ३ लाख २० हजार बजेटमा लेखापरीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामा सबैभन्दा कम बेरुजु भूमे गाउँपालिकामा देखिएको छ । भुमे गाउँपालिकामा कुल बजेट ९५ करोड २९ लाख ३८ हजारको लेखापरीक्षण गर्दा ७७ लाख ५६ हजार अर्थात् शून्य दशमलव ८१ प्रतिशत बजेट बेरुजु देखिएको छ ।   सिस्ने गाउँपालिकाको कुल बजेट ८२ करोड ६२ लाख ७६ रुपैयाँमध्ये रु. १ करोड ९२ लाख ४ हजार अर्थात् २ दशमलव ३२ प्रतिशत बजेट बेरुजु देखाएको छ । जिल्लाका तीन स्थानीय तहमा कुल १ अर्व ८७ करोड २२ लाख ४६ हजारको लेखापरीक्षण गरिएको थियो ।

भक्तपुरको बजेट : चालू खर्चतर्फ १ अर्ब १० करोड र पूँजीगततर्फ ८२ करोड ९७ लाख

असार ११,   भादगाउँ(भक्तपुर ) । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/ ०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहीवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन् । बजेटको चालू खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पूँजीगततर्फ ८२ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।             बजेटको कुल आयमध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । सोमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख रुपैयाँ अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्तावापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।       त्यस्तै बाग्मती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ७ करोड ७२ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । आन्तरिक आयतर्फ कर दस्तुरलगायतबाट कुल ४० करोड १० लाख रुपैया आम्दानी हुने अनुमान छ ।             बजेटमा शिक्षा क्षेत्रमा कुल बजेटको १६ दशमलव ३२ प्रतिशत छ्ट्याइएको छ । त्यस्तै स्वास्थ्यमा १३ दशमलव ५६, सम्पदा संरक्षण तथा विकास निर्माणमा २ दशमलव ७३, नवनिर्माण तथा पुनर्निर्माणमा २० दशमलव ७०, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४ दशमलव शून्य ४, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६ दशमलव १४, युवा तथा खेलकूदको क्षेत्रमा २ दशमलव ४५, कृषिमा १ दशमलव ५२ र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१ दशमलव ९८ प्रतिशत विनियोजन गरिएको छ ।      कोरोनाका कारेण आगामी आवको शुरु चार महीनाको व्यवसाय कर छुट तथा ख्वपः अस्पतालको भवन बनाउन २० करोड रुपैयाँ र ख्वप अस्पताल र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनमा ३ करोड रुपैयाँ विनियोजन भएको छ । वडास्तरका योजनाहरू सञ्चालन गर्न प्रति वडा ५० लाख रुपैयाँ र सडक बोर्डका योजनालाई १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।             दीर्घरोग क्यान्सर, मुटु, मृगौला, मस्तिष्काघात र स्पाइनल इन्ज्युरी भएका बिरामीलाई आगामी वर्षदेखि १५ हजार रुपैयाँ दिने भएको छ । शैक्षिक ऋण वितरणको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीलाई मोहडाका लागि इँटा, काठ र झिङ्गटीमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ  । रासस

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९का लागि एक अर्ब ९३ करोड २० लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। बजेटको चालु खर्चतर्फ एक अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंयाँ विनियोजन गरिएको छ।

वालिङको बजेट झण्डै ८१ करोड

स्याङ्जाको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि ८० करोड ९२ लाख ५४ हजार ८ सय २२ बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले आठौं नगरसभामा बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नगरपालिकाको आन्तरिक आय (विभिन्न शीर्षक) तर्फ ५ करोड ३३ लाख, स्रोत उपयोगबाट प्राप्त बाँडफाँड (राजस्व बाँडफाँड) संघीय सरकारबाट १० करोड २२ लाख ६७ हजार ८ सय २२ विनियोजन गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले गर्भवती महिलालाई एम्बुलेन्स खर्च दिने

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले आगामी वर्षका लागि ९६ करोड २२ लाख ८३ हजार बजेट ल्याएको छ । चालुतर्फ ६२ करोड २२ लाख ३९ हजार र पूँजीगततर्फ ३४ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ । स्थानीय तहले केन्द्र सरकार र प्रदेश सरकारको अनुदान र नगरपालिकाको आन्तरिक आयलाई समेत समटेर बजेट ल्याएको हो । नगरका उप–प्...

बुद्धभुमी नगरपालिकाको बजेट ६४ करोड २२ लाख

कपिलवस्तु । बुद्धभूमी नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न सम्पन्न भएको छ । सभाले आर्थीक बर्ष २०७४/७५ को लागी ६४ करोड २२ लाख ८७ हजार २ सय ३० रुपैया बराबरको अनुमानित आय पारित गरेको छ ।

पुनर्वास नगरपालिकाको बजेट ४९ करोड, यस्ता छन् योजना

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले आव २०७४–७५ का लागि रु ४९ करोड २२ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ ।