भक्तपुरको बजेट : चालू खर्चतर्फ १ अर्ब १० करोड र पूँजीगततर्फ ८२ करोड ९७ लाख

 असार ११,   भादगाउँ(भक्तपुर ) । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/ ०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहीवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन् । बजेटको चालू खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पूँजीगततर्फ ८२ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।             बजेटको कुल आयमध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । सोमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख रुपैयाँ अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्तावापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।       त्यस्तै बाग्मती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ७ करोड ७२ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । आन्तरिक आयतर्फ कर दस्तुरलगायतबाट कुल ४० करोड १० लाख रुपैया आम्दानी हुने अनुमान छ ।             बजेटमा शिक्षा क्षेत्रमा कुल बजेटको १६ दशमलव ३२ प्रतिशत छ्ट्याइएको छ । त्यस्तै स्वास्थ्यमा १३ दशमलव ५६, सम्पदा संरक्षण तथा विकास निर्माणमा २ दशमलव ७३, नवनिर्माण तथा पुनर्निर्माणमा २० दशमलव ७०, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४ दशमलव शून्य ४, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६ दशमलव १४, युवा तथा खेलकूदको क्षेत्रमा २ दशमलव ४५, कृषिमा १ दशमलव ५२ र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१ दशमलव ९८ प्रतिशत विनियोजन गरिएको छ ।      कोरोनाका कारेण आगामी आवको शुरु चार महीनाको व्यवसाय कर छुट तथा ख्वपः अस्पतालको भवन बनाउन २० करोड रुपैयाँ र ख्वप अस्पताल र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनमा ३ करोड रुपैयाँ विनियोजन भएको छ । वडास्तरका योजनाहरू सञ्चालन गर्न प्रति वडा ५० लाख रुपैयाँ र सडक बोर्डका योजनालाई १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।             दीर्घरोग क्यान्सर, मुटु, मृगौला, मस्तिष्काघात र स्पाइनल इन्ज्युरी भएका बिरामीलाई आगामी वर्षदेखि १५ हजार रुपैयाँ दिने भएको छ । शैक्षिक ऋण वितरणको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीलाई मोहडाका लागि इँटा, काठ र झिङ्गटीमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ  । रासस

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरको बजेट एक अर्ब ८६ करोड

दाङ : तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले रु एक अर्ब ८६ करोड ४७ लाख ७९ हजारको अनुमानित बजेट सार्वजनिक गरेका छन् । आन्तरिक स्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेशनबाट १० करोड, अल्या बैंक मौज्दात चार करोड ५० […]

६ अर्ब तलब, ९ अर्ब विद्यालय पुनर्निर्माणमा खर्च हुने

काठमाडौं । तलब र विद्यालय पुनर्निर्माण परियोजना, कक्षा ६ सम्म दिवा खाजा र नयाँ प्राविधिक शिक्षालयलाई बजेट व्यवस्थापन गर्नुपर्ने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट बढेको छ । आगामी आवमा संघअन्तर्गत मन्त्रालयमा ७० अर्ब ५ करोड, प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १२ अर्ब १० करोड रुपियाँ विनियोजन गरेको छ । चालु […]

संघीय सरकारबाट पर्सालाई पाँच अर्ब बजेट

१४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट  विनियोजन गरेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी  वीरगञ्ज महानगरमा  एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई २१ करोड विनियोजन भएको हो ।  जसमध्ये तीन नगरपालिकालाई एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै

आठ वर्षदेखि अल्झिएका यी १० नयाँ सहरलाई ३ अर्ब बजेट, के छ अहिलेसम्मको प्रगति?

काठमाडौं : सरकारले आगामी वर्षको बजेटमा नयाँ सहर आयोजनाका लागि ३ अर्ब बढी बजेट विनियोजना गरेको छ। आइतवार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पर्ने १० नयाँ सहर आयोजनाका लागि तीन अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। आर्थिक वर्ष २०६७/६८ बाट देशका १२ स्थानमा…

उर्जा क्षेत्रको विकासमा ७५ अर्व १० करोड बजेट

सरकारले उर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।

महानगरको बजेट– काठमाडौंको सबैभन्दा बढी

काठमाडौं। देशका ६ वटा महानगरपालिकामध्ये ५ वटाको बजेट सार्वजनिक भएको छ। जसमध्ये काठमाडौंको सबैभन्दा बढी १८ अर्ब १५ करोड, पोखराको ६ अर्ब २७ करोड, भरतपुरको ४ अर्ब ८१ करोड, विराटनगरको ४ अर्ब १० करोड र वीरगञ्जको ३ अर्ब ५५ करोड रुपैयाँ छ। यी मध्ये सबैभन्दा कम बजेट वीरगञ्ज महानरले ल्याएको छ। यसैगरी ललितपुरको बजेट भने पारित हुन सकेको छैन।

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९का लागि एक अर्ब ९३ करोड २० लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। बजेटको चालु खर्चतर्फ एक अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंयाँ विनियोजन गरिएको छ।

महानगरको बजेट– काठमाडौंको सबैभन्दा बढी

काठमाडौं। देशका ६ वटा महानगरपालिकामध्ये ५ वटाको बजेट सार्वजनिक भएको छ। जसमध्ये काठमाडौंको सबैभन्दा बढी १८ अर्ब १५ करोड, पोखराको ६ अर्ब २७ करोड, भरतपुरको ४ अर्ब ८१ करोड, विराटनगरको ४ अर्ब १० करोड र वीरगञ्जको ३ अर्ब ५५ करोड रुपैयाँ छ। यी मध्ये सबैभन्दा कम बजेट वीरगञ्ज महानरले ल्याएको छ। यसैगरी ललितपुरको बजेट भने पारित हुन सकेको छैन।

विराटनगरले ल्यायो ४ अर्ब १० करोडको बजेट

मोरङ। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरले फ्लाइओभर ब्रिज, सडक पूर्वाधार, प्रधानमन्त्री पार्क, धार्मिक स्थल लगातयतका पूर्वाधार बजेटमा सामेल गरेको छ। महानगरले चालू आर्थिक वर्षलाई ३ अर्ब ३७ करोड रुपैयाँको बजेट ल्याएको थियो। यसैगरी, विपन्न तथा गरिबलाई स्वास्थ्य सेवामा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटले गरेको छ।

प्रदेश २ को आगामी आर्थिक बर्ष बजेट ३३ अर्ब ७९ करोड १४ लाख

धनुषा। प्रदेश २ सरकारले आगामी आर्थिक बर्षको लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ। बजेटको ५३.४४ प्रतिशत अर्थात १८ अर्ब ५ करोड ८० लाख ८३ हजार पुँजीगत खर्चका लागि छुट्याइएको छ। चालु खर्चतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत रहेको छ। वित्तिय व्यवस्थातर्फ १० करोड बजेट विनियोजन गरेको छ।