स्याङ्जाको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि ८० करोड ९२ लाख ५४ हजार ८ सय २२ बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले आठौं नगरसभामा बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
नगरपालिकाको आन्तरिक आय (विभिन्न शीर्षक) तर्फ ५ करोड ३३ लाख, स्रोत उपयोगबाट प्राप्त बाँडफाँड (राजस्व बाँडफाँड) संघीय सरकारबाट १० करोड २२ लाख ६७ हजार ८ सय २२ विनियोजन गरिएको छ ।