रुकुम पूर्व र पश्चिमका ९ ओटा स्थानीयतहको बेरुजु साढे ४७ करोड

भदौ ९, रुकुम । रुकुम पूर्व र पश्चिम जिल्लामा साढे ४७ करोड रुपैयाँ भन्दा बढी बेरुजु रहेको छ ।   गत आर्थिक वर्ष २०६७/०७७ मा रुकुम पूर्व र पश्चिम जिल्लाका ९ ओटा स्थानीयहरुको बेरुजु ४७ करोड ४७ लाख ५५ हजार रुपैयाँ रहेको महालेखा परिक्षणको ५८ औं प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७७ अनुसार रुकुम पश्चिम जिल्लाका ६ ओटा स्थानीय तहमा ३० करोड २३ लाख ५५ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख गरेको छ । तीन नगरपालिका र तीन गाउँपालिका रहेको रुकुम पश्चिममा उक्त रकम बेरुजु देखिएको हो । रुकुम पश्चिम जिल्लामा सबैभन्दा बढी त्रिवेणी गाउँपालिकामा र सबैभन्दा कम सानीभेरी गाउँपालिका बेरुजु रकम देखिएको छ ।  रू. ९१ करोड ६८ लाख ६ हजारको लेखापरीक्षण गरेको त्रिवेणी गाउँपालिकामा रू. ९ करोड ३ लाख ३ हजार अर्थात् ९ दशमलव ८३ प्रतिशत बेरुजु निस्किएको छ । भने सबैभन्दा कम सानीभेरी गाउँपालिकाको रू. ९१ करोड ५९ लाख ३३ हजार बजेटको लेखापरीक्षण गरिएकोमा रू. ९० लाख ७० हजार रुपैयाँ बेरुजु देखिएको छ ।  त्यस्तै बाँफिकोट गाउँपालिकाको ६९ करोड ४१ लाख २७ हजारमा रुपैयाँमध्ये १ करोड २४ लाख ९ हजार अर्थात् १ दशमलव ७९ प्रतिशत बेरुजु देखिएको छ । रू. १ अर्ब ३० करोड १५ लाख ५३ हजारको लेखापरीक्षण गर्दा मुसीकोट नगरपालिकामा ५ करोड ३८ लाख ४५ हजार अर्थात् ४ दशमलव १४ प्रतिशत बेरुजु निस्किएको छ । चौरजहारी नगरपालिकाको कुल बजेट १ अर्ब १५ करोड ९२ लाख ६६ हजारको लेखापरीक्षण भएको रकममध्ये रू. ५ करोड ६६ लाख ६४ हजार अर्थात् ४ दशमलव ९८ प्रतिशत बेरुजु भएको छ । त्यस्तै रुकुम पश्चिमकै आठबीसकोट नगरपालिकामा कुल रू. १ अर्ब ६३ करोड १६ लाख ९२ हजार बजेटको लेखापरीक्षण रकममध्ये ८ करोड ६४ हजार अर्थात् ४ दशमलव ९१ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै, रुकुम पूर्वका तीन ओटा स्थानीय तहमा १७ करोड २४ लाख बेरुजु देखिएको छ । सबैभन्दा बढी पुथाउत्तरगंग गाउँपालिकामा १४ करोड ५४ लाख ७८ हजार १५ दशमलव ६४ प्रतिशत बेरुजु देखिएको हो । उक्त गाउँपालिकामा कुल बजेट ९३ करोड ३ लाख २० हजार बजेटमा लेखापरीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामा सबैभन्दा कम बेरुजु भूमे गाउँपालिकामा देखिएको छ । भुमे गाउँपालिकामा कुल बजेट ९५ करोड २९ लाख ३८ हजारको लेखापरीक्षण गर्दा ७७ लाख ५६ हजार अर्थात् शून्य दशमलव ८१ प्रतिशत बजेट बेरुजु देखिएको छ ।   सिस्ने गाउँपालिकाको कुल बजेट ८२ करोड ६२ लाख ७६ रुपैयाँमध्ये रु. १ करोड ९२ लाख ४ हजार अर्थात् २ दशमलव ३२ प्रतिशत बजेट बेरुजु देखाएको छ । जिल्लाका तीन स्थानीय तहमा कुल १ अर्व ८७ करोड २२ लाख ४६ हजारको लेखापरीक्षण गरिएको थियो ।

सम्बन्धित सामग्री

रुकुम पश्चिमकाे मुसिकाेटमा महोत्सव सुरु

रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा 'रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव' सुरु भउकाे छ । मुसिकोट नगरपालिका–१ काे बराहटाकुरामा शुक्रवार महोत्सवको उद्घाटन भएको हो ।  'रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार' भन्ने मूल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला संस्कृति पर्यटन प्रवर्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव सुरु भएकाे हो । महोत्सवको एक कार्यक्रमबीच मुसिकोटका...

रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुम । रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् । सल्यान र रुकुम (पश्चिम) को बिचमा समस्या हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम रुकुम (पूर्व) ले जनाएको […]

रुकुम पश्चिममा मतगणना सुरु

६ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिममा मतगणना सुरु भएको छ । भर्खरै गणना सुरु गरिएकाले मत परिणाम आउन बाँकी छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मावि मतदान केन्द्रबाट मतगणना सुरु गरिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र नेकपा एमालेका […]

बिजुली पुग्दै रुकुम पूर्वका दुर्गम गाउँमा

काठमाडौँ । रुकुम (पूर्व)का दुर्गम गाउँहरूमा पनि केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दै छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले जिल्लाको दुर्गम गाउँहरूमा विद्युत् लैजान काम तीव्र बनाएको छ। २०७६ असोजमा नेपाल विद्युत् प्राधिकरणले रुकुम पूर्वको लागि वितरण केन्द्र सिस्ने गाउँपालिका-५ रुकुमकोटमा कार्यालय स्थापना गरेको थियो। त्यसयता ग्रामीण समुदायको बाहुल्यता रहेको रुकुम पूर्वका लागि केन्द्रीय प्रसारण […]

रुकुम (पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना तयार

वर्षाको समय नजिकिएसँगै रुकुम (पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले रुकुम (पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम (पूर्व) मा विशेष गरी वर्षाको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घटनाहरु उल्लेख्य हुने गरेको पाइन्छ । यो समयमा पहिरो, हावाहुरी तथा पूर्व जोखिम मूल्याङ्कन नगरी खनिएका सडकका कारण पहिरो जाने अवस्था छ । पहिरोको कारण मुख्य राजमार्गको साथै सहायक सडकसमेत अवरुद्ध भई या

रुकुम(पूर्व)मा मनसुन आपत्कालीन कार्ययोजना तयार

२३ जेठ, रुकुम पूर्व । वर्षाको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले रुकुम(पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम(पूर्व) मा विशेष गरी वर्षाको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घट्नाहरु उल्लेख्य हुने गरेको पाइन्छ । यो […]

रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना तयार

रुकुम(पूर्व) । वर्षाको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले रुकुम(पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम(पूर्व) मा विशेष गरी वर्षाको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घट्नाहरु उल्लेख्य हुने गरेको पाइन्छ । यो समयमा पहिरो, हावाहुरी […]

रुकुम प्रशासन कार्यालयमा सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक सातायता सेवाग्राहीको चाप बढेको छ । नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाका लागि आउने सेवाग्राीहको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक सातायता दैनिक करिब दुई सय सेवाग्राहीको काम भइरहेको […]

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। नेपालको कान्छो जिल्लाको रुपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय तथा जिल्ला...

रुकुम पूर्वमा पत्रकार महासंघको चुनाव नै भएन

रुकुम । नेपाल पत्रकार महासंघको  चुनाव नहुने एक मात्र जिल्ला  रुकुम पूर्व  बनेको  छ  । २०७४  सालमा  साविक रुकुमबाट टुक्रिएको रुकुम पूर्वमा महासंघको शाखा गठन हुन नसकेपछि चुनाव नभएको हो ।  ‘२०७३  सालमा  ७  औं जिल्ला  अधिवेशन हुँदा  साविकको  रुकुम जिल्ला बाट  पत्रकारिता गर्ने  जम्मा  ४  जना  पत्रकार  थिए’  रुकुम  पश्चिमका  पुराना  पत्रकार  हरि गौतमले भने, &lsq