राष्ट्रिय धर्म संस्कृति सम्मेलनको तयारी पूरा

२५ असार, काठमाडौं । राप्रपा नेपाल संवद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले असार २६ र २७ गते काठमाडौंको पशुपतिक्षेत्रमा संचालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र […]

सम्बन्धित सामग्री

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको तयारी पूरा

काठमाडौं। शुक्रवारदेखि काठमाडौंमा आयोजना हुने ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा असोज २६ देखि २९ गतेसम्म एक्स्पो सञ्चालन गर्दै छ । एक्स्पोले स्थानीय हस्तकला र साना तथा मझौला उद्योगका उत्पादनको प्रवर्द्धन गरी विश्व बजारमा पहुँच पुर्‍याउन सघाउने आयोजकको भनाइ छ । एक्स्पोमा हस्तकलाजन्य सामग्री, प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री एक्स्पोमा रहने एक्स्पो संयोजक कपिल अधिकारीले बताए । यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृंगारका सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायत प्रदर्शनीमा राखिने संयोजक अधिकारीले बताए । साथै पश्मिना, क्यूरियोको सामान, गार्मेन्टका सामान, धातुका सामान, जडीबुटी, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरू, जस्तै– होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, ट्राभल एन्ड टुर्स, धर्म, कला र संस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीको आकर्षणका रूपमा रहने आयोजकको भनाइ छ ।

काठमाडौंमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

काठमाडौंमा आइतबारबाट दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ ।  काठमाडौंको पशुपतिक्षेत्रमा असार २६ र २७ गते वैदिक सनातन धर्म सम्मेलन आयोजना हुने भएको हो ।  राष्ट्रिय धर्म संस्कृति सम्मेलन नाम दिइएको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पक्षले जनाएको छ । राप्रपा नेपाल आबद्ध  राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।जगतगुरु १००८ स्वामी बालसन्त मो

काठमाडौँमा भोलिदेखि राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन

काठमाडौँ- काठमाडौँमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौँको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए […]

काठमाडौंमा भोलिदेखि राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन

काठमाडौं। काठमाडौंमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौंको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । राप्रपा नेपाल आवद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए […]

भोलिदेखि काठमाडौंमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

काठमाडौं । भोलिदेखि दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा सञ्चालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्य लगायत धार्मिक व्यक्तिहरूबाट उद्घाटन...

भोलिबाट काठमाडौंमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

भाेलि आइतबारदेखि दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा संचालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी...

हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन आजबाट शुरु

वीरगञ्ज, ९ पुस: आजबाट वीरगञ्जमा हुने हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सबै तयारी पूरा भएको छ । देशका ७२ जिल्लाका ४०० बढी प्रतिनिधि सहभागी रहने सम्मेलन शनिबारसम्म चल्ने छ । दुई दिनसम्म चल्ने सम्मेलनमा हिन्दू धर्मबारे थप पैरवी तथा प्रशिक्षण साथै हिन्दू धर्म संस्कृतिमाथि योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिने कार्यक्रम […]

राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको छ ।      यस पटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० ओटा प्रश्न समवेश गरिएको छ । विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न गरेको छ । एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको विभागले बताएको छ । जो मानिस जहाँ बढी बसोवास गर्छ, त्यहीबाट उसको गणना हुनेछ ।     राष्ट्रिय योजना आयोग मातहतको सो विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ संविधानमा विभिन्न जाति, भाषा, लिंग, धर्म, वर्ग, क्षेत्र, अपांगता भएका लगायत सबै पक्षको अधिकार सुनिश्चित गरिएकाले जनगणनाले त्यसै प्रकारको तथ्यांक ल्याउन तयारी पूरा भएको बताए । काठमाडौंलगायत शहरी क्षेत्रमा गणनाको कार्य चुनौतीपूर्ण हुने भएकाले त्यसमा सबैको सहयोग गर्न आग्रह गर्दै उनले मागेको तथ्यांक नदिने कार्य कानूनविपरीत हुने भएकाले त्यसतर्फ पनि सचेत गराए । नयाँ संविधानपछिको पहिलो जनगणना हुन लागेको भए पनि तथ्यांक ऐन २०१५ भने हालसम्म पुरानै कायम छ । यो जनगणनाले दिगो विकास लक्ष्य, समृद्धि र सुशासनका आधारका लागि खण्डीकृत तथ्यांक तयार गर्नेछ । संविधानमा राष्ट्रिय जनगणनाको तथ्यांकलाई विकास निर्माणसँग जोड्नुपर्ने व्यवस्था गरिएको छ । विभागले मुख्य प्रश्नावलीमा आर्थिक काम, पेशा, वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण, परिवारमा खानेपानी, इन्धन, सञ्चारसाधन, महिलाका नाममा सम्पत्ति, घरेलु व्यवसाय, मातृमुत्यु दरको आकलन, विदेशमा रहेका व्यक्ति आदिबारे सोध्ने गरी प्रबन्ध गरेको छ ।      जनगणना सकिएको तीन महीनामा प्रारम्भिक नतिजा आउनेछ । विभागका निर्देशक ढुण्डीराज लामिछाने संविधानमा स्थानीय तहले सबै मन्त्रालयसँग सम्बन्धित कामको अभ्याससमेत गर्ने व्यवस्था गरिएकाले तथ्यांक व्यवस्थापनका सन्दर्भमा विकासका लागि विविधतायुक्त तथ्यांकलाई स्वचालित सूचना प्रणालीमा अद्यावधिक गराउनु स्थानीय तहको पनि दायित्व भएको बताए । पहिलोपटक देशभरकै घर तथा संरचनाको तथ्यांक सूचीकरण हुन लागेकाले भूकम्पलगायत विपद्का अवस्थामा राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि योजना बनाउन सघाउने बताए । नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना एक सय ९ वर्षअघि १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला भएको थियो । रासस

जातीय समता समाजको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । जातीय समता समाजको चौथो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । यही फागुन ८ र ९ गते बुटवलमा हुने राष्ट्रिय सम्मेलनका लागि सबै तयारी गरिएको समाजका अध्यक्ष दिलबहादुर विकले जानकारी दिनुभएको छ । सम्मेलनको मूल नारा ‘सामाजिक न्याय, समानता र छुवाछुू अन्त्यका लागि हाम्रो आन्दोलन ! राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा र संघीयताको खारेजी तथा संसद विघटन विरुद्ध चौथो राष्ट्रिय सम्मेलन !’ तय गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण राष्ट्रिय सम्मेलन प्रतिनिधिमूलक हुने अध्यक्ष विकले बताउनुभयो । सम्मेलनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन, आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्वको चयनसमेत हुने छ । सम्मेलनपछि समसामयिक विषयमा देशव्यापी कार्यक्रम बनाउने अध्यक्ष विकले बताउनुभयो । जातीय समता समाजले प्रतिनिधि सभा विघटन विरुद्ध सङ्घर्षका गर्नुका साथै सङ्घीयता खारेजीको मागलाई दृढतापूर्वक अगाडि बढाएको छ ।सम्मेलनपछि यी विषयसहित जातीय भेदभावका विषयहरू समेत समेटी अभियान सञ्चालन गर्ने अध्यक्ष विकले बताउनुभएको छ ।