नेपाली काँग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्था बढाउने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव तयार पारेको हो ।सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उक्त प्रस्ताव पेस गरिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकले उक्त प्रस्ताव पारित गरे काँग्रेसमा १२ भ्रातृ र २८ शुभेच्छुक संस्था हुने छन् । १३ संस्थाले शुभेच्छुक र पाँच संस्थाले भ्रातृ संस्थाको मान्यताका लागि आवेदन दिएका थिए । भ्रातृका रुपमा १ ले भ्रा