नेपाली काँग्रेसले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । आइतबार काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसमा १३ वटा भ्रातृ र १९ वटा शुभेच्छुक संस्था रहेका छन् । जसमा केही थपघट हुने गरी मंस्यौदा तयार गरिएको बताइएको छ । यस्तै सोमबारको केन्द्रीय समितिको तयारीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग थप छलफल गरिने भएको छ। त्यसका लागि प्