मुर्राबाट पशु वैज्ञानिक उत्साहित

काठमाडौं, जेठ २५ । भारतबाट मुर्रा राँगा नेपाल आउने भएपछि पशु वैज्ञानिक उत्साहित भएका छन्। भारत सरकारले उपहारस्वरूप दिने भनिएका १५ वटा मुर्रा राँगाका कारण भैँसीको उत्पादन क्षमतामा सुधार हुनेमा पशु वैज्ञानिक विश्वस्त देखिएका छन् । मुर्रा जातका राँगा नेपाल ल्याउने प्रयास निकै अघिदेखि गरिँदै आएको थियो। यस पटक बल्ल प्रयास सफल भएपछि नश्ल सुधारका लागि […]

सम्बन्धित सामग्री

भिरालो पाखोमा गरिएको अम्रिसो खेती किसानको आयआर्जनको बलियो स्रोत

गलेश्वर । म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो पाखो वा खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य बढ्दै गएपछि यहाँका किसानमा उत्साह थपिएको छ । दुई वर्षअघि प्रतिकिलो रू. ४० का दरले मुस्किलले विक्री हुने गरेको अम्रिसो अहिले प्रतिकिलो रू. १२५ मा विक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन् । यसको मूल्यमा घटबढ भइरहे पनि यो वर्ष प्रतिकिलो रू. १०० देखि रू. १२५ सम्ममा किसानबाट व्यवसायीले खरीद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आएका यामबहादुर सापकोटाले प्रतिकिलो रू. १२५ सम्म लगाएर सात क्विन्टल अम्रिसो जम्मा गरेका छन् । उनी बेनी, बागलुङ र पोखरासम्म पुर्‍याएर अम्रिसो बेच्ने गर्छन् । यस वर्ष अम्रिसोको मूल्य केही बढ्न सक्ने अनुमान गरेको सापकोटा बताउँछन् । अम्रिसो पोखरासम्म पुर्‍याउँदा गत वर्ष रू. १४० मा विक्री गरेका उनले यस वर्ष भने रू. १६० सम्ममा विक्री हुने अनुमान गरेका छन् । पछिल्लो समय भारतमा अम्रिसोको माग बढेपछि मूल्य वृद्धि भएको व्यवसायीहरूको भनाइ छ । कुनै समय विक्रीका लागि नभई घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिकरूपमै खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा विक्री गर्दै आएका छन् । बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह थपिएको छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखो जमीनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो । गुणस्तरीय जीवन विषयमा विधावारिधि गरेका डा. माधवप्रसाद तिवारीका अनुसार अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो । यसको अंग्रजी नाम ब्रुम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो । ग्रेमिनी-पोएसी वानस्पतिक परिवारमा पर्ने यो बहुवर्षीय घाँस प्रजातिको बिरुवा तीन मिटरसम्म अग्लो हुने गर्छ । यसका पातहरू ३० सेन्टिमिटरसम्म लामो र पाँच सेन्टिमिटर चौडा हुन्छन् । यसका पातहरू बाँसका पातजस्ता आकारका हुन्छन् । मुख्यतः यसको फूलको झुप्पा कुचो बनाउन प्रयोग गरिने भएकाले यसको महत्त्व बढेको हो ।  बिरुवा रोपेको आठ महिनादेखि नै यसले उत्पादन दिन सुरु गर्छ । प्रायः कुचो बनाउनका लागि अम्रिसोको प्रयोग गरिए पनि कागज कारखानामा कच्चापदार्थका रूपमा, गाईवस्तुका लागि डालेघाँस, बायो इञ्जिनीयरिङका लागि माटो तथा जलसंरक्षण गर्ने क्षेत्रमा पनि प्रयोग हुन्छ । अम्रिसोको बिरुवा वर्षाका बेला रोप्नु उपयुक्त हुन्छ । बिरुवा रोपिसकेपछि यसलाई अरू बालीजस्तो नियमित सिँचाइ वा स्याहारसम्भारको आवश्यकता पर्दैन । एकपटक रोपिसकेपछि आफैं राम्रोसँग हुर्कन सक्ने अम्रिसो रोपेको एक महिनापछि एकपटक र त्यसको पहिलो वर्ष थप दुई पटकसम्म गोडमेल गरेमा राम्ररी सप्रन सक्छ । यसलाई राम्रोसँग व्यवस्थापन गर्न सके अम्रिसोबाट छ देखि १० वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ । अम्रिसोको बाली संकलन भनेको यसको फूलको गुच्छा टिप्ने हो । बीउ परिपक्व भएपछि गुच्छा संकलन गर्दा बीउ भुइँमा झरी पुनः उत्पादनमा पनि सघाउ पुग्छ । साधारणतया माघ-फागुनमा गुच्छासहितको डाँठ काटेर संकलन गरिन्छ र घामको प्रकृति हेरी चारदेखि सात दिनसम्म सुकाएर मुठा पारी कुचो बनाई घरायसी तथा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने वन डिभिजन कार्यालयका वन तथा वातावरण विज्ञ चन्द्रमणि सापकोटा बताउँछन् । -रासस

सङ्गीत सुनेर फेरिन्छ सुँगुरको व्यवहार, वैज्ञानिक गरिरहेका छन् अनुसन्धान

बेल्जियममा एक किसानले विभिन्न खालको सङ्गीतले सुँगुरको व्यवहारलाई प्रभावित गर्छ भनेर दाबी गरिरहेका छन् । अब वैज्ञानिकले यी किसानको दाबीमाथि परीक्षण गरिरहेका छन् ।किसान पिट पेसम्यानले पहिलो पटक यो कुरा त्यतिबेला याद गरे जब उनका छोराले सुँगुरको गर्भाधान गराउने स्थानमा एउटा धुन गुनगुनाउन थाले । त्यतिबेला पोथी सुँगुरले सङ्गीत सुनेर उत्साहित देखिएको थियो र उसले आफ्नो पुच्छर हल्लाइरहेको ती किसानले देखे ।पेसम्यानको फार्म ब्रसेल्स र डचको सीमामा छ । उनले जब पोथी सुँगुरको व्यवहार देखे तब उनले अन्य सुँगुरला

विद्युत् सबस्टेशन बन्ने भएपछि सर्वसाधारण उत्साहित

महोत्तरी । आफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगका बासिन्दा उत्साहित भएका छन् । प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीलाई वैज्ञानिक व्यवस्थापन गर्ने गरी सबस्टेशन निर्माणको काम थालिएपछि यस भेगका सर्वसाधारणमा अब विद्युत् कटिरहने समस्या नआउने विश्वास छ । बर्दिवास–२ को हङकङडाँडामा सबस्टेसन निर्माणको काम अघि बढेको छ ।       ‘हाम्रै बस्तीमा सबस्टेशन निर्माणको काम अघि बढेको छ,’ बर्दिवास नगरपालिका–२ का वडा सदस्य एकबहादुर भुजेलले भने, ‘पहिलो कुरा त हाम्रै बस्तीमा यति ठूलो परियोजनाको काम थालिएकोमा खुशी छ, अर्को यो निर्माण सम्पन्न भएपछि विद्युत् कट्ने समस्या नपर्ने आशा छ ।’      नेपाल विद्युत् प्राधिकरणले प्रदेशका सबै जिल्लाका विद्युत् उपभोक्तालाई गुणस्तरीय सेवा दिने उद्देश्यले सबस्टेशन निर्माण थालिएको बताएको छ । विद्युत् सेवामा सबैको पहुँचलाई प्रभावकारी बनाउन र अत्याधुनिक वितरण प्रणाली व्यवस्थित गर्न सबस्टेशन बनाउन लागिएको जनकपुरस्थित प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख मुनीन्द्र ठाकुरले बताए । ‘ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत सबस्टेशन निर्माणको काम थालिएको हो,’ ठाकुरले भने, ‘प्रदेशभरिमै यो सबस्टेशनले प्रभावकारी सेवा प्रवाह गर्नेछ ।’ यो आयोजनाअन्तर्गत प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीको सुदृढीकरण, पुनःस्थापना र पूर्ण विद्युतीकरण गरिने लक्ष्य रहेको प्राधिकरणले स्पष्ट पारेको छ । आठ जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहित ३३/११ केभी क्षमताका १० सबस्टेशन निर्माण गरिने आयोजना संयोजक बोधराज ढकालको भनाइ छ । यससँगै ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका ५०० थान नयाँ वितरण ट्रान्सफर्मर जडान गरिने प्राधिकरणले बताएको छ । रासस

अमेरिकामा भौतिकशास्त्री प्राडा नकर्मीलाई १ लाख ५९ हजार डलरको पुरस्कार

बनेपा काभ्रे निवासी एवम् न्यूयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा डा मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउन्डेसनबाट १ लाख ५९ हजार डलर (करिब १ करोड ८९ लाख रुपियाँ) राशिको पुरस्कार पाएका छन् । एनएसएफ अमेरिकाको सङ्घीय सरकार मातहतको राष्ट्रिय विज्ञान प्रतिष्ठान हो। वैज्ञानिक अनुसन्धानको लागि दिने एनएसएफ अवार्डलाई निकै प्रतिष्ठित मानिन्छ ।उक्त पुरस्कार पाए पछि आफू निकै उत्साहित भएको उनले बताए । डा नकर्मीका अनुसार यो पुरस्कार  आफ्नो प्रयोगशालामा भएको एक यन्त्

टम क्रुजको नयाँ फिल्म 'अन्तरिक्ष कक्ष'मा, नासाले गर्‍यो पुष्टि

हलिउड स्टार टम क्रुज अन्तरिक्ष केन्द्रमा फिल्म बनाउने भएका छन्। जसका लागि क्रुज र अमेरिकी वैज्ञानिक संस्था, नासाले सहकार्य गर्न लागेका हुन्। अन्तरिक्ष कक्षमा नै कथानक चलचित्र छायाँकन हुन लागेको यो पहिलो पटक हो। क्रुजसँगको सहकार्यमा नासा उत्साहित रहेको जनाइएको छ। त्यहाँका प्रशासक जिम ब्रिडेन्टसाइनले यस खबरको पुष्टि गर्दै

अब नेपालमै अन्तरिक्ष अनुसन्धानको ढोका खुल्यो !

काठमाण्डाै – नेपालको पहिलो स्याटेलाइट अर्थात भूउपग्रह प्रक्षेपण भएसँगै नेपाली वैज्ञानिक, अनुसन्धानकर्तादेखि सबै उत्साहित भएका छन् । अमेरिकाको भर्जिनियाबाट नेपाली समयअनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेटमा ‘नानो स्याटेलाइट’ प्रक्षेपण भएको हो । प्रक्षेपणपछि अन्तरिक्षतर्फ गएको स्याटेलाइट एक महिनापछि &lsqu...

मुर्राबाट पशु वैज्ञानिक उत्साहित

भारतबाट मुर्रा राँगा नेपाल आउने भएपछि पशु वैज्ञानिक उत्साहित भएका छन्। भारत सरकारले उपहारस्वरूप दिने भनिएका १५ वटा मुर्रा राँगाका कारण भैँसीको उत्पादन क्षमतामा सुधार हुनेमा पशु वैज्ञानिक विश्वस्त देखिएका छन् । मुर्रा जातका राँगा नेपाल ल्याउने प्रयास निकै अघिदेखि गरिँदै आएको थियो। यस पटक बल्ल प्रयास सफल भएपछि नश्ल सुधारका लागि आशा जागेको पशु वैज्ञानिकको भनाइ छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा. नारायण पौडेलले ‘जेनेटिक मेटेरियल’ नेपाल आउने भएपछि त्यसले ऊर्जा थपेको बताउनुभयो।