नारायणी डेभलपमेन्ट बैंकले फेरि हकप्रद निष्काशन गर्ने

नारायणी डेभलपमेन्ट बैंकले फेरि हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हकप्रद निष्काशन प्रस्ताव पारित गर्न विशेष साधारणसभा समेत डाकेको छ ।  कम्पनीले असार ८ गते चितवनमा विशेष साधारणसभा आह्वान गरेको हो ।  सभामा बैंकको हाल कायम चुक्तापुँजी रु २६,२४,६७,६००/- (अक्षेरुपी छब्बिस करोड चौविस लाख सतसठ्ठी हजार छ सय) मा थप १:१ अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी रु ५२,४९,३५,२००/- (अक्षेरुपी बाउन्न करोड उनान्चास लाख पैतिस हजार दुई सय) कायम गरी चुक्ता पुँजी बृद्धि गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुने छ  ।कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र स्वाहामा भाग लिन सक्ने छन्  ।कम्पनीले यस अघि २ पटक शतप्रतिशत हकप्रद निष्काशन गरिसकेको छ  । 

सम्बन्धित सामग्री

मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने

मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले  हाल कायम रहेको चुक्ता पूँजी रु. ४५ करोड २० लाखको १:०.३५ (३५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको हो ।कम्पनीले हकप्रद निष्काशनको लागि सहमति प्रदान गरिदिनको लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेकोमा राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा/बिशेष साधारण सभाबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात मात्र उल्लेखित हकप्रद शेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ।

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने

३० हसार, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको २५७ औं बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो । हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठकाअनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण सभामा पेश गर्ने निर्णय भएको छ । हकप्रद […]

आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद निष्काशन गर्ने

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रद...

छ्याङदी हाइड्रोको हकप्रद निष्काशन मिति तय

छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  ले माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रहेको छ  ।यस हकप्रदमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।  छ्याङदीले  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। छ्याङदी फेरी अर्को हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  कम्पनीले निष्काशन चरणमा रहेको यो ३० प्रतिशत हकप्रद शेयर बितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ३८,६९,७७,५०० को ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।  दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  ।

मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

मुक्तिनाथ क्यापिटल लि.ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । योसँगै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ

ऋण तिर्नको लागि भन्दै फेरि हकप्रद निष्काशन गर्ने छ्याङदी हाइड्रोको प्रस्ताव

छ्याङदी हाइड्रो Chhyangdi Hydropower Company  ले फेरी हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने र त्यसको लागि पूर्व स्वीकृतिको लागि विद्युत नियमन आयोगमा लेखि पठाउने निर्णय गरेको हो  । हाल कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । कम्पनीले बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाईसकेको छैन  । तर ३० प्रतिशत हकप्रदको लागि अनुमति नै नपाई कम्पनीले फेरी हकप्रद निष्काशन प्रस्ताव गरेको हो  । कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशन पश्चात हुने चुक्ता पुंजी ३८ करोड ६९ लाखको ४० प्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो  । दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  । कम्पनीले ऋण तिर्नको लागि हकप्रद निष्काशन गर्ने उल्लेख गरेको छ  ।

हाइड्रोको हकप्रद निष्काशन सशर्त

विद्युत नियमन आयोगले ‘विद्युतसम्बन्धी कम्पनीको सेयर सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ मार्फत विभिन्न शर्त तोकेर हाइड्रो कम्पनीले हकप्रद निष्काशन गर्ने सक्ने व्यवस्था गरेको छ । आयोगको गत बुधबारको बैठकले स्वीकृत गरेको निर्देशिकाले अनुमतिपत्र प्राप्त कम्पनीले आफू मुख्य कम्पनीको हैसियतमा ५१ प्रतिशत वा सो भन्दा बढी सेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो […]

एचआईडीसीएलको हकप्रद साउन ५ देखि

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड कित्ता बराबरको सेयर निष्काशन गर्न लागेको हो। हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। जेठ २८ गतेसम्म कम्पनीको सेयरधनी रहेकाहरुले हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन्।