काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४ औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको अजेन्डा अनुमोदन गरेको थियो ।बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्काशनको अजेन्डा पारित गरेको छ । यो हकप्रद १०० अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको हुनेछ, जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी ग