आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्नेछ।
हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रद...