मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने

मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले  हाल कायम रहेको चुक्ता पूँजी रु. ४५ करोड २० लाखको १:०.३५ (३५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको हो ।कम्पनीले हकप्रद निष्काशनको लागि सहमति प्रदान गरिदिनको लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेकोमा राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा/बिशेष साधारण सभाबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात मात्र उल्लेखित हकप्रद शेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ। 

सम्बन्धित सामग्री

मल्टीपर्पस फाइनान्सको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

मल्टीपर्पस फाइनान्स लिमिटेडले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त सम्झौतापत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको […]

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्काशनमा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । फाइनान्सको २०७९ साल पौष मसान्त सम्मको अधिकृत पूँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार ९०४ रुपैयाँ, त्यसैगरी कुल निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार २९ रुपैयाँ तथा कर्जा लगानी ९८ करोड ८२ लाख १५ हजार ४ सय ३६ रुपैयाँ गरी कुल १३ हजार १ सय ३५ ग्राहकहरुलाई सेवा दिई रहेको छ । त्यसैगरी वित्तीय संस्थाको हाल शाखा संख्या ६ पुगेको छ । हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ४५ करोड २० लाख रुपैयाँ चुक्ता पूँजीबाट १ः०.३ प्रतिशतको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ । यसको […]