भ्रष्टाचारीलाई आजीवन जेल सजाय माग

काठमाडौं  । भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले फरक मत राखेका छन् । भ्रष्टाचार गर्नेलाई आजीवन जेल सजाय हुने व्यवस्था नगरेर ५ वर्षे हदम्याद राखी सबै भ्रष्टाचारीलाई बचाउने प्रयास गरिएको भन्दै सत्तारुढदेखि प्रमुख प्रतिपक्षी दलका सांसदसम्मले विरोध गरेका हुन् ।  नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुराएर हिँड्नुपर्ने अवस्थामा पुर्‍याउने किसिमबाट कानून निर्माण गर्न आवश्यक रहेको बताए । उनले भ्रष्टाचारीलाई आवश्यक परे सर्वस्वहरण गर्ने गरी विधेयक नल्याइएको भन्दै असन्तुष्टि जनाए । ‘२–४ करोडदेखि २–४ अर्बसम्म भ्रष्टाचार गर्‍यो भने १४ वर्षभन्दा बढी जेलमा बस्नु नपर्ने प्रावधान राख्न खोजिएको छ, त्यो हुन सक्दैन । आजीवन जेल सजाय हुनुपर्छ त्योभन्दा बढी पनि कारबाही गर्नुपर्छ । सर्वस्वहरण गर्ने प्रावधान पनि राख्नुपर्छ,’ छलफलमा प्रमुख सचेतक गिरीले भने । सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमा मुद्दा चलाउन ५ वर्षे हदम्यादको प्रावधानलाई भ्रष्टाचारी बचाउने प्रयास भन्दै विरोध गरे । भ्रष्टाचारमा ५ वर्षे हदम्यादको व्यवस्था कुनै हालतमा स्वीकार गर्न नसकिने उनले बताए । ‘५ वर्षभित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने भन्ने कुरा सबै भ्रष्टाचारी बचाउनका निम्ति ल्याएको हो । यो कुनै हालतमा हुन्न,’ सांसद केसीले भने । भ्रष्टाचार निवारणसम्बन्धी विधेयकको दफा १६ मा मुद्दा चलाउने अवधिसम्बन्धी व्यवस्थामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले ५ वर्ष हुने उल्लेख छ । ५ वर्षे हदम्यादबारे सोही दफामा थप लेखिएको छ, ‘कुनै राष्ट्रसेवकले पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र तत्काल निजउपर मुद्दा चल्न सक्ने रहेनछ भने निजले जुनसुकै बेहोराबाट अवकाश प्राप्त गरेको भए पनि अवकाश भएको मिति र निजले भ्रष्टाचार गरेको कुरा निज अवकाश भइसकेपछि थाहा भएकोमा थाहा भएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउन सकिनेछ ।’ सम्पत्ति हिनामिनासम्बन्धी कसुरमा भने हदम्याद राखिएको छैन । त्यसमा भनिएको छ, ‘सरकारी, सामुदायिक संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन कुनै हदम्याद लाग्ने छैन ।’

सम्बन्धित सामग्री

नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय

म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय सुनाएको छ । उहाँलाई चुनावमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । सुकीलाई अहिलेसम्म ११ वटा मुद्दामा २० वर्षको जेल सजाय तोकिएको छ । अझ थप केही आरोपमा उहाँमाथि सुनुवाइ हुन बाँकी छ । तर, नेतृ सुकीले यी सबै आरोपहरू अस्वीकार गर्दै आउनुभएको छ । सैन्य अदालतको फैसलालाई लिएर अधिकारवादी सङ्घ संस्था र समूहले राजनीतिक रूपमा प्रतिशोध साध्न प्रेरित भएको भन्दै निन्दा गरेका छन् ।

सुचीलाई थप चार वर्ष जेल सजाय

म्यानमारको अदालतले सोमबार प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ। उनलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै उक्त सजायँ सुनाइएको हो। नोबेल पुरस्कार विजेता नेतृ...

सुकीलाई फेरि चार वर्षको जेल सजाय

म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी नेतृ आङ सान सुकीविरुद्ध फेरि चार वर्षको जेल सजाय सुनाएको छ। सुकीले अनुमतिबिना सञ्चारसेट वाकी–टकी राखेको आरोपमा अदालतले उक्त सजाय सुनाएको हो।गत वर्षको फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारमाथि ‘कु’ गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। सुकीविरुद्ध सैन्य अदालतले गत डिसेम्बरमा कोरोना प्रतिबन्ध उल्लंघन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको थियो। पछि सजाय कम गर्दै साढे दुई वर्ष बनाइएको थियो।सुकीलाई सुनाइएको सजायको अन्तर्राष्ट्रिय स्तरमा निन्द

बेलारुसका विपक्षी नेतालाई १८ वर्ष जेल सजाय

२८ मंसिर, काठमाडौं । बेलारुसका विपक्षी नेता सर्गेई टिखानोभ्स्कीलाई १८ वर्षको जेल सजाय सुनाइएको छ । विपक्षी नेता टिखानोभ्स्कीलाई १८ वर्ष जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । उनलाई दंगा आयोजना गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै १८ वर्ष जेल सजाय सुनाइएको हो । बेलारुसको सरकारी समाचार माध्यम बेल्टाका अनुसार दक्षिणपूर्वी शहर गोमेलस्थित एक अदालतले […]

सुकीको जेल सजाय आधा घटाइयो

एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजया आधा घटाइने भएको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ। सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुईरदुई वर्षको जेल सजाय सुनाएको थियो। समाचार संस्था […]

प्रजातन्त्रवादी नेतृ सुकीलाई चार वर्षको जेल सजाय

सेनाले कू गरी सत्ताबाट हटाएकी म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ। प्रजातन्त्रवादी नेतृ सुकीलाई सोमबार चार वर्ष जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको नियम उल्लंघन गरेको आरोपमा सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजाय सुनाएको हो। सुकीमाथि […]

कोरोना फैलाउनेलाई पाँच वर्ष जेल सजाय

एजेन्सी, २२ भाद्र । कोरोना भाइरस फैलाउनेलाई पाँच वर्ष जेल सजाय तोकिएको छ । आठ जना व्यक्तिलाई कोरोना भाइरस फैलाएको पुष्टि भएपछि अदालतले ती व्यक्तिलाई जेल सजाय तोकेको हो । यो घटना भियतनामको हो । त्यहाँ लि भान ट्रीले आठ जनालाई कोरोना फैलाएको पुष्टि भएको हो । जसमध्ये एकजनाको मृत्यु भएको छ । ट्रीले स्वास्थ्य […]

चिनियाँ अर्बपतिलाई १८ वर्ष जेल सजाय

चीनमा एक अर्बपतिलाई १८ वर्षको जेल सजाय सुनाइएको छ। मानव अधिकारका विषयमा वकालत गर्ने ६७ वर्षीय अर्बपति सुन डउलाई १८ वर्षको जेल सजाय सुनाइएको हो। उनले राजनीतिक र अन्य सम्वेदनशील एवं मानवाधिकारसँग जोडिएका विषयमा खुलेर आफ्ना विचार राख्दै आएका थिए। उनीविरुद्ध समाज भड्काएको आरोप सिद्ध भएको हो। यो एक यस्तो आरोप हो जो अक्सर सामाजिक […]

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल सजाय

काठमाण्डाै - फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा अदालतले जेल सजाय तोकेको समाचार संस्था सीएनएनले जनाएको छ । फ्रान्समा जेल सजाय हुने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन् । ६६ वर्षीय सार्कोजीले सजाय भएकामध्ये दुई वर्ष जेलमा र बाँकी एक वर्ष घरमै बस्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति रहनु भएको थियो । सार्कोजीका कानुन व्यवस...

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीलाई जेल सजाय

काठमाण्डाै – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नाभाल्नीलाई जेल सजाय हुने भएको छ । उहाँलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका लागि जेल सजाय सुनाएका बीबीसीले जनाएको छ । आफूलाई जेल सजाय भएपछि नाभाल्नीले राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन खोजिएको प्रतिक्रिया दिनुभएको छ । नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नाभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि पक्राउ पर्नु भएको थियो । उहाँ पक्राउ परेपछि रुसका विभिन्न सहरमा विरोध प्रदर्श...