दाङको चार लेन सडकमा स्थानीयको प्रदर्शन

२६ माघ, दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डको चार लेन सडक नबनेको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले बिहीबार दिउँसो घोराही–तुलसीपुर सडकखण्डको नारायणपुरमा करिब आधा घण्टा सडक अवरुद्ध गरेका हुन् । चार वर्षअघि सुरु भएको उक्त सडकखण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । चार वर्षयता सडक अलपत्र हुँदा सास्ती खेप्नुपरेको […]

सम्बन्धित सामग्री

धनगढीको छ लेन सडकमा सञ्चालन भयो ‘साइकल लेन’

धनगढी । कैलालीको धनगढीमा छुट्टै ‘साइकल लेन’ सञ्चालन भएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा शनिबारदेखि छुट्टै ‘साइकल लेन’ सञ्चालन गरिएको हो । कैलाली भन्सारदेखि धनगढी एयरपोर्ट गेटसम्मको सडकको दुवैतिर गरी १४ किलोमिटर सडकमा धनगढी उपमहानगरपालिकाले ‘साइकल लेन’ निर्माण गरेर सञ्चालनमा ल्याएको हो । धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा सो ‘साइकल लेन’ निर्माणका […] The post धनगढीको छ लेन सडकमा सञ्चालन भयो ‘साइकल लेन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चार लेन सडकमै छैन साइकल लेन

नेपालगन्जको मुख्य चार लेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा–३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिंदा मृत्यु भयो।...

हस्तान्तरण नहुँदै भासियो ६ लेन सडक

धनगढी–अत्तरिया ६ लेन सडक हस्तान्तरण नहुँदै भासिन र भत्किन थालेको छ । ६ लेन सडकको दोस्रो प्याकेजअन्तर्गत गेटा क्षेत्रको पूर्वी लेनमा वर्षा हुँदा पानी जम्ने गरी सडकको बीच भाग भासिएको छ ।...

छ लेन सडकले फेरियो धनगढीको मुहार

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ । धनगढीलाई जोड्ने छ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो । धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम पनि हो । छ लेन सडकमा सडकबत्ती जडान भएसँगै धनगढीको सुन्दरता अझ थपिएको छ । धनगढीमा प्रवेश गर्ने मुख्य सडक रहेको छ लेन राति पनि झलमल्ल हुने गरेको […]

साइकल लेन व्यवस्थित बनाउँदै छ ललितपुर

काठमाडौंमा गुरुयोजना बन्यो, लेन बनेन ललितपुरमा बन्यो हालसम्म ३२ किलोमिटर साइकल लेन ललितपुर महानगरपालिकाले साइकल लेनमा साइकल मात्र गुड्ने बनाउने ब्यारिकेडेट पोल (साइकलका लागि मात्रै छुट्याइएको) राख्न सुरु गरेको छ । यस्तो पोल...

लेन अनुशासनमा ट्राफिकको कडाइ

काठमाडौं राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पह

छ लेन सडकमा फुटपाथ र सर्भिस लेन बनेन, पाँचौँ पटक म्याद थपको तयारी

भारतीय सीमा नाका गौरीफण्टादेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने धनगढी–अत्तरिया छ लेन सडकमा फुटपाथ तथा सर्भिस लेन निर्माणलगायतका कामहरु अलपत्र परेका छन् । चौथो पटक थपिएको आयोजनाको अवधि यही महिना सकिदैछ तर,...

काठमाडौंका सडकमा राख्न थालियो ‘लेन सेपरेटर’

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक लेन छुट्याउन लेन सेपरेटर(लेन छुट्याउने डिभाइडर) राख्न थालेको छ। महाशाखाले रातिसमेत सडक लेन छुट्याउने खालको बत्ती राखेको हो।महाशाखाका प्रवक्ता संजिव शर्मा दासका अनुसार पहिलो चरणमा ट्रायलका लागि बबरमहल क्षेत्रको सडक लेनमा ५० वटा लेन सेपरेटर राखिएको छ। ‘हामीले त्यहाँ कतिको प्रभावकारी हुन्छ, हुँदैन भनेर लेन सेपरेटर राखेका हौँ, नेपालीको बानी फुटाउने चोर्नेलगायत छ, केही भएन भने यस्ता खालका सेपरेटर उपत्यकाभित्रका अरु सडकमा पनि राख्ने छौँ,&rsqu

चार लेन बन्दै नेपालगञ्ज–गुलरिया सडक

नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो ।यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत

कोटेश्वरको नयाँ लेन एक महिना भित्र बनिसक्ने

काठमाडौं : सडक विभागले कोटेश्वर चोकको सवारी जाम कम गर्न यतिखेर नयाँ सडक लेन थप्ने कार्य सुरु गरेकाे छ। सडक डिभिजन कार्यालयले एक महिनाभित्रमा लेन कालोपत्रे गर्ने योजना छ।विभागका प्रवक्ता शिवप्रसाद नेपालले जडिबुटीदेखि कोटेश्वर चोकसम्म नयाँ लेन थप्ने कार्य भैरहेको जानकारी दिए। उनले भने,‘अहिले धमाधम जडिबुटीदेखि कोटेश्वर चोक सम्मको करिब एक किलाेमिटर सडकको नयाँ लेन बनाउने कार्य भैरहेको छ,काम रोकिएको छैन।’डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले मौसमले साथ दिएमा एक महिनाभित्रमा लेन