कोटेश्वरको नयाँ लेन एक महिना भित्र बनिसक्ने

काठमाडौं : सडक विभागले कोटेश्वर चोकको सवारी जाम कम गर्न यतिखेर नयाँ सडक लेन थप्ने कार्य सुरु गरेकाे छ। सडक डिभिजन कार्यालयले एक महिनाभित्रमा लेन कालोपत्रे गर्ने योजना छ।विभागका प्रवक्ता शिवप्रसाद नेपालले जडिबुटीदेखि कोटेश्वर चोकसम्म नयाँ लेन थप्ने कार्य भैरहेको जानकारी दिए। उनले भने,‘अहिले धमाधम जडिबुटीदेखि कोटेश्वर चोक सम्मको करिब एक किलाेमिटर सडकको नयाँ लेन बनाउने कार्य भैरहेको छ,काम रोकिएको छैन।’डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले मौसमले साथ दिएमा एक महिनाभित्रमा लेन