छ लेन सडकमा फुटपाथ र सर्भिस लेन बनेन, पाँचौँ पटक म्याद थपको तयारी

भारतीय सीमा नाका गौरीफण्टादेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने धनगढी–अत्तरिया छ लेन सडकमा फुटपाथ तथा सर्भिस लेन निर्माणलगायतका कामहरु अलपत्र परेका छन् । चौथो पटक थपिएको आयोजनाको अवधि यही महिना सकिदैछ तर,...

सम्बन्धित सामग्री

सूर्यविनायक–धुलिखेल सडकखण्ड : तीन वर्षमा निर्माण सक्ने सम्झौता

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगादेखि धुलिखेलसम्मको सडकखण्डको विस्तार तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल खण्ड चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता भएको हो । कुल १५ दशमलव ५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८ दशमलव ४ किमी खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ छ । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा खण्ड भने ७ दशमलव ५ किमी छ । उक्त खण्डको ठेक्का ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा हालै सम्झौता भइसकेको विभागले बताएको छ । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महीनाभित्र सक्नुपर्ने अधिकारीले बताए । साँघुरो सडकका कारण वर्षेनि ट्राफिक जाम बढ्दै गएपछि सो खण्ड विस्तार गर्न लागिएको हो । आयोजनाले गत कात्तिकमा प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो । उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको हो । यस्तै पुल निर्माणका लागि छुट्टै ठेक्का आह्वान गरिने आयोजनाले बताएको छ । यसका लागि डीपीआरमा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले १ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरका तीन पुल जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले बताएको छ । यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ । साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले देखाएको छ । सो दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजना रोकेर योजना अघि बढाइने भएको हो । आयोजना प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ । गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ । साथै बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ । काठमाडौंबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइनेछ भने आउने लेन पहिलेकै रूपमा रहने बताइएको छ ।  रासस

पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लिँदै

चितवन । मुलुकमा सञ्चालन भइरहेका विकास निर्माणका काम सुस्त भइरहेको अवस्थामा चितवनको पुलचोक–गोन्द्राङ ६ लेन सडकको कामले गति लिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको सो सडकको काम करीब ४० प्रतिशत सकिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालका अनुसार विभिन्न कारणले सडक विस्तारमा समस्या आएको भए पनि पछिल्लो समय उल्लेख्य प्रगति देखिएको छ । उनले भने, ‘कोभिड–१९, मनसुनमा अत्यधिक वर्षा, ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्री अभावका कारण विगतमा काम प्रभावित भएको थियो ।’ चालू आर्थिक वर्षभित्र सडक निर्माण ७० प्रतिशत काम सक्ने लक्ष्यका साथ काम अघि बढेको उनले बताए । २०७७ कात्तिक ११ गतेदेखि सडक विस्तार कार्य शुरू भएको थियो । २०७९ फागुन ११ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग ठेक्का सम्झौता गरिएको छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी चापका साथै दुर्घटना समेत बढ्न थालेकाले शहरी सौन्दर्यीकरणलाई समेत ध्यानमा राख्दै विस्तारको काम थालिएको हो । नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ दशमलव शून्य ८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गरिँदै छ । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडकअन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्डको पनि विस्तार गर्न लागिएको हो । २८ महीनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत रू. १ अर्ब १२ करोड छ । सडक विस्तार शुरू भएपछि हालसम्म रू. २६ करोडभन्दा बढी खर्च भइसकेको सूचना अधिकारी खनालले जानकारी दिए । ‘अहिले सडक विस्ताका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री डम्पिङ गरिएको छ,’ उनले भने । टिकौली जंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने खनालले जानकारी दिए । विद्युत्का खम्बा र खानेपानीको पाइप सार्न समस्या भएकाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको इन्जिनियर खनालको भनाइ छ । ठेक्कामा नै खम्बा सार्न लाग्ने खर्चसमेत समावेश गरिएको छ । ठेकेदार पक्षले तोकिएको समयअघि नै काम सक्ने बताएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुलीका तार भूमिगत गर्ने योजना छ । सडकको दाँया–बाँया ११ दशमलव ५ मिटरको कालोपत्र हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५ दशमलव ५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुने खनालले बताए । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक छ । उनका अनुसार पुलचोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ । रासस

वीरगञ्ज–पथलैया व्यापारिक मार्ग : विस्तार नगर्न सांसदकै दबाब

वीरगञ्ज । वीरगञ्ज–पथलैया व्यापारिक मार्गअन्तर्गतको केही ठाउँमा विस्तारको काम अघि नबढाउन सांसदहरूले नै दबाब दिन थालेका छन् । आफ्नो राजनीतिक स्वार्थका लागि उनीहरूले सडक विस्तारको काम अघि नबढाउन आयोजनालाई दबाब दिएका हुन् ।  उक्त व्यापारिक मार्गको सुक्खा बन्दरगाह–एकीकृत जाँच चौकी (आईसीपी) क्षेत्र, परवानीपुर बजार र जितपुरमा सडक विस्तारको कामले गति लिन सकेको छैन । बाटोमा पर्ने संरचना र स्थानीयको अवरोधले काम अघि बढ्न नसकेको आयोजनाले बताएको छ ।  आयोजनाले हालै त्यस क्षेत्रको सडक क्षेत्राधिकारमा पर्ने सबै संरचना भत्काइदिएको छ । परवानीपुरका स्थानीयले सडक विस्तारको काम तत्काललाई रोक्न स्थानीय राजनीतिकर्मी गुहारेको र सांसदहरूले सोही अनुसार आयोजनालाई दबाब दिएका हुन् ।  प्रतिनिधिसभा सदस्य प्रदीप यादव र मधेश प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र सोनलमार्फत यस्तो दबाब आएको आयोजनासम्बद्ध स्रोतले बताएको छ । उनीहरूले परवानीपुर बजार क्षेत्रको सडक तत्काल नबनाउन आयोजनालाई भनेका हुन् ।  ‘भर्खरै घर भत्काइएकाले स्थानीय पीडित भएको भन्दै केही समयपछि मात्रै सडक निर्माण गर्न माननीयहरूको आग्रह आएको छ,’ कार्यालयका एक अधिकारीले भने ।  स्थानीय अवरोध, दबाब, ठेकेदारको ढिलासुस्ती लगायत कारण सडक विस्तारको काम पछिल्लोपटक थपिएको समयभित्र पनि नसकिने भएको छ ।  कोरोना महामारीलाई कारण देखाएर सरकारले सबै आयोजनाको समय ६ महीना थपेपछि यो मार्ग विस्तार र स्तरोन्नतिको जिम्मा लिएका निर्माण व्यवसायीले चैतसम्म समय पाएका थिए ।  एक महीनाअघि बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूले डाकेको सर्वपक्षीय बैठकमा चैतभित्र काम सक्ने प्रतिबद्धता व्यक्त गरेका निर्माण व्यवसायी अहिले फेरि ठेक्काको समय थपिनुपर्ने माग गर्न थालेका छन् ।  व्यवसायीहरू पुन: समय थप्नुपर्ने माग गर्दै कार्यालय धाउन थालेको वीरगञ्ज–पथलैया व्यापारिक मार्गका आयोजना प्रमुख मनीषकुमार साहले बताए । ‘४ जना निर्माण व्यवसायी फेरि म्याद थपिदिनुपर्‍यो भनेर आउनुभएको छ । तर, म्याद थपिँदैन । पेनाल्टी तिराएर भए पनि काम लगाउँछौं,’ प्रमुख साहले भने ।  निर्माण व्यवसायीले तोकिएको समयमा काम पूरा नगरे ठेक्का रकमको शून्य दशमलव शून्य ५ प्रतिशत प्रतिदिनका दरले जरीवाना तिर्नुपर्छ । व्यापारिक मार्ग विस्तार आयोजनाले पनि चैतभित्रै विस्तारको काम सक्ने बताएको थियो ।  प्रगति ८२ प्रतिशत बेग्लाबेग्लै ७ खण्डमा बाँडेर २०७३ साल असारमा लगाइएको ठेक्का २ वर्षमा सक्नुपर्ने थियो । ६ वर्ष बितिसक्न लाग्दा आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत छ ।  यसबीचमा आयोजनाले पुल र कल्भर्टको ठेक्का थपेको थियो । कुल १३ ओटा ठेक्काको गत फागुनसम्मको प्रगति जोड्दा करीब ८४ प्रतिशत पुग्छ ।  व्यापारिक मार्ग विस्तारमा भइरहेको ढिलाइले मुख्य नाकाबाट हुने पारवहन, उद्योग, व्यापार र समग्र आवागमन समस्याग्रस्त बनेको छ ।  यो मार्गमा वीरगञ्ज नाकाबाट दैनिक भित्रिने १ हजार ढुवानीका साधन र त्यत्ति नै संख्यामा सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन हुन्छ ।  व्यापारिक मार्गको केही खण्ड कालोपत्र भएको छ । ठाउँठाउँमा मुख्य लेन निर्माण गरिएको छ । सर्भिस लेन, ग्रिन बेल्ट र रङरोगनको काम भएको छैन ।  यस्तो बन्दै छ सडक  यसअघिको २ लेनको त्रिभुवन राजपथ र आईसीपीदेखि परवानीपुरसम्मको ४ लेन सडकलाई ५० मीटर (६ लेन) मा स्तरोन्नति भइरहेको छ ।  व्यापारिक मार्गको बीचबाट ११/११ मीटर दायाँबाँया सडक निर्माणको काम भइरहेको छ । साढे ३ मीटरको दुईतर्फी ग्रीन बेल्ट र साढे ५ मीटरमा दुवैतर्फ सर्भिस लेन बनाइने साहले बताए । सर्भिस लेनसँगै दुवै किनारमा साढे ३ मीटरमा नाली र फुटपाथ बन्नेछ ।  परवानीपुरदेखि गण्डकसम्मको सडकलाई भने ४ लेनमा विस्तार गर्न लागिएको छ । गण्डकदेखि मितेरी पुलसम्मको ८ किलोमीटर सडक चौडाइसम्बन्धी विवाद ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेकाले काम अघि बढ्न नसकेको आयोजनाले बताएको छ ।

समय दोब्बर बित्यो, सकिएन व्यापारिक मार्ग विस्तार

वीरगञ्ज । दुई वर्षमा सक्ने लक्ष्य राखेर विस्तार थालिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग साढे ५ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । देशकै मुख्य नाका र औद्योगिक कोरिडोरलाई जोड्ने व्यापारिक मार्गको स्तरोन्नतिमा भइरहेको ढिलाइले उद्योग व्यापारदेखि समग्र आवागमन समस्याग्रस्त बनेको छ । वीरगञ्ज–पथलैयाको मितेरी पुलदेखि पथलैया र सुक्खा बन्दरगाह आईसीपी भएर हुने ढुवानी र आवतजावत सकसपूर्ण बनेको छ । शुरूमा ६ खण्डमा बाँडेर ठेक्का लगाएको व्यापारिक मार्ग विस्तार आयोजनाले पुल निर्माणलगायतका काम थपेर ठेक्कालाई १३ खण्डमा पुर्‍याइसकेको छ । कुनै पनि खण्ड निर्माण सम्पन्न भने भएको छैन । अहिलेसम्म १३ निर्माण कम्पनीमध्ये कुनैले पनि निर्माण सम्पन्नको प्रमाण नलिएको आयोजना कार्यालयले बताएको छ । ६ लेनको व्यापारिक मार्गको केही खण्ड कालोपत्र भएको पनि छ । निर्माण पूरा नहुँदै यो सडक भत्किन थालिसकेको छ । सडकमा गुड्ने ढुवानीका साधनले भारवहन मापदण्ड पालना नगर्दा सडक भत्किएको निर्माण व्यवसायी र आयोजनाको भनाइ छ । व्यापारिक मार्ग स्तरोन्नति भएपछि औद्योगिक कच्चा पदार्थ र तयारी मालबस्तुको ढुवानी सहज हुने अपेक्षा राखिएकोमा दोब्बर समय बितिसक्दा पनि पूरा नहुँदा समस्या भएको वीरगञ्ज उद्योग वाणिज्य संघ उद्योग समितिका संयोजक हरि गौतम बताउँछन् । ठाउँठाउँमा मुख्य लेन निर्माण गरिए पनि सर्भिस लेन, ग्रिन बेल्ट, रङरोगनको काम भएको छैन । सरकारले कोरोना महामारीलाई कारण देखाएर सम्पूर्ण योजनाको म्याद ६ महीना थपेको छ । यस आधारमा यो मार्ग विस्तारको जिम्मा लिएका ठेकेदारहरुले आगामी फागुन चैतसम्म समय पाएका छन् । थपिएको समयसीमाभित्र सडक विस्तारको काम पूरा हुने विश्वास आयोजनाका प्रमुख मनीषकुमार साहको छ । सडक निर्माणमा भइरहेको ढिलाइका कारण ढुवानी र  आवागमन सकसपूर्ण भएको भन्दै बारा र पर्सा जिल्लाका प्रशासन प्रमुखले सरोकारका पक्षलाई बोलाएर छलफल राखेका थिए । मंगलवार वीरगञ्जमा भएको छmलफलका क्रमममा बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूले आउँदो फागुनसम्म काम सक्न निर्माण आयोजना र निर्माण व्यावसायीलाई निर्देशन दिएका छन् । पछिल्लो पटक थपिएको समयभित्र काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । यो मार्गको स्तरोन्नतिको काम २०७३ असारमा थालिएको थियो । शुरूमै ठेक्का लिएका व्यवसायीले पनि अहिलेसम्म काम पूरा गरेका छैनन् । पेश भएको बीलको भुक्तानी समयमा नपाउनु, मुआब्जाको विवाद, निर्माण सामग्री आपूर्तिमा अवरोध, राइटअफ वेका समस्यालगायतले ढिलाइ भएको तर्क निर्माण व्यवसायीले गरे । यसअघि २ लेनको त्रिभुवन राजपथ र आईसीपीदेखि परवानीपुरसम्मको सडक ५० मिटर फराकिलो बनाइने योजना छ । व्यापारिक मार्गको बीचबाट ११/११ मिटर दाँयाबाँया ६ लेनको मुख्य सडक निर्माणको काम भइरहेको छ । दुवैतर्फ साढे ३ मिटरको ग्रीन बेल्ट र साढे ५ मिटरमा दुईतर्फी सर्भिस लेन बनाइने आयोजनाको भनाइ छ । सर्भिस लेनपछाडि दुवै किनारमा साढे ३ मिटरमा नाली र फुटपाथ निर्माण भइरहेको छ । परवानीपुरदेखि गण्डकसम्मको सडकलाई भने ४ लेन बनाउने गरी काम भइरहेको आयोजनाले बताएको छ । व्यापारिक मार्गलाई जतिसक्दो चाँडो पूरा गरिनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका गौतम बताउँछन् । व्यापारिक मार्ग निर्माणमा ढिलाइले यो क्षेत्रको सम्भाव्यता उपयोगमा कठिनाइ भइरहेको गौतमको भनाइ छ ।

६ लेनको सडक बन्यो, तर फुटपाथ बनेन

सम्झौताअनुसार दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने धनगढी–मोहना पुल–अत्तरिया ६ लेन सडक साढे चार वर्षमा पनि सकिएको छैन । सडक कालोपत्रे भए पनि फुटपाथ र सर्भिस लेन नबन्दा यात्रु मर्कामा परेका छन् । रेलिङ...