हेटौंडा : अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टीको चुनावी घोषणापत्र बाहिर गएर मन्त्रिपरिषद् विस्तार गरेकी छन्। मुख्यमन्त्री बनेको एक सातामै अल्पमतमा परेकी शाक्यले एमालेले चुनावमा गरेको घोषणाभन्दा बाहिर गएर मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। संविधानले प्रदेशलाई २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार दिएको छ।तर एमालेले चुनावका बेला जम्बो मन्त्रिमण्डल खर्चिलो हुने भन्दै कानुनले दिएको अधिकारभन्दा आधा मात्रै मन्त्रिपरिषद् बनाउने घोष