फलाम खानीको सम्भाव्यता अध्ययन सुरु

दुई तरीकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने उनले बताए। इलेक्ट्रीकल रेसिस्टीभीटी र म्याग्नेटिक सर्भेबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने कँडेलले बताए।...

सम्बन्धित सामग्री

रुकुम पूर्वमा थालियो फलाम खानीको विस्तृत अध्ययन

रुकुम पूर्व : जिल्लामा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ। भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको सम्भाव्यता अध्ययन शुरु गरेका हुन्। खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन शुरु गरेको हो।आर्थिक अभावले विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन शुरु भएको बताए। हाल फलाम ख

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

रुकुम । रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे-३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो । आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन […]

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो ।

धौबादी फलाम खानी : विस्तृत सम्भाव्यता अध्ययन गर्न ६ अन्तरराष्ट्रिय कम्पनी छनोट

काठमाडौं । धौबादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययनका लागि ६ ओटा अन्तरराष्ट्रिय कम्पनी छनोटमा परेका छन् । पूर्वी नवलपरासीको हुप्सेकोटस्थित फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन गर्न भारत, चीन, बेलायत, क्यानडा र अष्ट्रियाका गरी ६ ओटा कम्पनीहरू छनोटमा परेका हुन् । अध्ययनका लागि आवेदन दिएका सबै कम्पनी छनोटमा परेको धौबादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.जनकबहादुर चन्दले जानकारी दिए । कम्पनीका अनुसार चीनका २ कम्पनी क्यापिटल इन्जिनियरिङ एण्ड रिसर्च इन्कर्पोरेशन लिमिटेड र चाइना इन एसोसिएशन विथ डेभलपमेन्ट सर्पाेट कन्सल्ट, क्यानडाको माइकोन इन्टरनेशनल लिमिटेड जेभी इआरएमसी, भारतको डाष्टर–एसआरके–जादे जेभी, इङ्ल्याण्डको लण्डन रोड र अष्ट्रियाको हष्र्ट विसिङ्गर कन्सल्टिङ जीएमबीएच जेभी सम्भाव्यता अध्ययनका लागि छनोटमा परेका हुन् । छनोटमा परेका ६ कम्पनीमध्ये एक कम्पनीले पूर्वी नवलपरासीको धौबादीमा सञ्चित रहेको फलामे ढुंगा तथा आइरन ओरबाट उत्पादन हुने फलाम तथा स्टील प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन गर्ने चन्दले जानकारी दिए । यी कम्पनीहरूसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको उनले बताए ।  यीमध्येबाट छनोट हुने एक कम्पनीले सम्भाव्यता अध्ययनको प्रतिवेदन ३/४ महीनाभित्रमा बुझाउनेछ । खानीमा १० करोड मेट्रिक टन फलामको भण्डार भएको प्रारम्भिक तथ्यांक भए पनि केही समयअघि कम्पनीले विज्ञ टोलीको सहभागितामा गराएको अध्ययनले भण्डारण अझ बढी भएको पत्ता लगाएको छ । चन्दले उक्त खानीमा फलामको भण्डार १५ करोड मेट्रिक टन रहेको जानकारी दिए । यद्यपि खानीको ड्रिलिङ गरिएको प्रतिवेदन आएपछि यकीन तथ्य आउने उनको भनाइ छ । सम्भाव्यता अध्ययन सकिएपछि मात्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने कम्पनीले जानकारी दिएको छ ।  यसका लागि पनि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । उक्त खानीमा फलाम रहेको तथा चीनमा लगेर परिक्षण गरिएको ओर तथा कच्चा फलामे ढुंगाबाट पनि फलाम तथा बिलेट बनाउन सकिने प्राविधिक पुष्टि भइसकेको छ ।  तर, विस्तृत सम्भाव्यता अध्ययनले खानीबाट व्यावसायिक रूपमा कति फलाम निकाल्न सकिन्छ भन्ने तथ्य जानकारी हुने चन्दको भनाइ छ । चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सकिने भन्दै उनले डीपीआर प्रतिवेदन भने यो वर्ष तयार नहुने जानकारी दिए । नेपालमा पहिलोपटक खानीको काम हुन लागेकाले अन्तरराष्ट्रिय जनशक्तिबाट काम गरिरहेको उनले बताए । आर्थिक वर्ष   २०६७/६८ देखि अन्वेषण शुरू गरिएको धौबादी फलाम खानीबाट व्यावसायिक उत्पादनका लागि अझै समय लाग्ने उनले बताए ।

फलाम खानीको सम्भाव्यता अध्ययन शुरू

बैतडी । बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै छ। पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालीढुंगा र घरकटट्यामा फलाम खानी रहेको भनदै अध्ययन थलिएको हो। उक्त क्षेत्रको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौंको टोली आएको छ। शुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन […]

बैतडीको पुर्चौंडीमा फलाम खानीको सम्भाव्यता अध्ययन शुरु

पुस १३, बैतडी । बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ । पुर्चौंडी नगरपालिका–७ र ८ मा पर्ने कालीढुंगा र घर कट्टयामा फलामखानी रहेको बताइन्छ । उक्त क्षेत्रको सम्भाव्यता अध्ययनका लागि काठमाडौंबाट खानी तथा भूगर्भ विभागको टोली आएको हो । शुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताए ।  उनले भने, ‘वस्तुस्थिति अवलोकन गरिसकेका छौँ, सम्भ्याव्यता अध्ययनमा छौँ, पहिला फलाम उत्खनन गरिएका ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गर्छौ र त्यसपछि जमिनमुनि फलाम रहे नरहेको बारे अध्ययन हुन्छ ।’ भूगर्भविद् कँडेलले इलेक्ट्रिक एसिसटेन्ट र म्याग्नेटियम तरिकाबाट अध्ययन हुने जानकारी दिए । सम्भाव्यता अध्ययनपछि फलाम भए नभएको थाहा हुनेछ । भूगर्भविद्को टोलीले तयार पारेको प्रतिवेदनअनुसार फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया शुरु हुने बताइएको छ ।  फलाम खानी सञ्चालन गर्न सके पुर्चौडी क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने वडा नं ८ वडाध्यक्ष जनकबहादुर विष्टले बताए ।  सम्भाव्यता अध्ययनका लागि विभागका सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेल नेतृत्वको टोली पुर्चौंडी आइपुगेको हो । उक्त टोलीमा जियोलोजिष्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली पनि रहेका छन् । रासस

बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै

बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ । पुर्चौंडी नगरपालिका–७ र ८ मा पर्ने कालीढुङ्गा र घर कट्टयामा फलामखानी रहेको बताइन्छ । उक्त क्षेत्रको  सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट खानी तथा भूगर्भ विभागको टोली आएको हो ।  सुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताए । उनले भने,“वस्तुस्थिति अवलोकन गरिसकेका छौँ, सम्भ्याव्यता अध्ययनमा छौँ, पहिला

बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै

बैतडी : बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ।पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा फलाम खानी रहेको बताइन्छ।उक्त क्षेत्रमा खानीको सम्भाव्यता अध्ययनका लागि काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागको टोली आएको हो।शुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलजिष्ट ठाकुर कँडेलले बताए।उनले भने, 'वस्तुस्थिति अवलोकन सकेका छौं, सम्भ्याव्यता अध्ययनमा छौं,

धौबादी फलाम खानी : सम्भाव्यता र डीपीआरका लागि कम्पनी छनोट

काठमाडौं । धौबादी फलाम कम्पनी लिमिटेडले नवलपुरको धौबादीमा रहेको खानीको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न विभिन्न ६ ओटा कम्पनी छनोट गरेको छ । भारत, चीन, दक्षिण अफ्रिका र अस्ट्रियाका ६ ओटा कम्पनी छनोट गरिसकेको छ र उनीहरूलाई यसै हप्ता आर्थिक तथा प्राविधिक प्रस्ताव बुझाउने समय तोकिएको छ । कम्पनीले आह्वान गरेको टेन्डरमा यी कम्पनीसहित ११ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये कम्पनीले ६ ओटालाई छनोट गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.जनकबहादुर चन्दले साउन पहिलो हप्ता ती कम्पनीहरू छनोट गरिएको जानकारी दिए । यी छनोट भएका कम्पनीमध्ये एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन र डीपीआरका लागि ठेक्का दिइने उनले बताए । उक्त कम्पनीले ३ महीनाभित्र सम्भाव्यता अध्ययन गर्नेछ । कम्पनीका सीईओ चन्दले अध्ययनपछि मात्रै डीपीआर बनाइने र त्यसका लागि भने ७ महीनाको समय दिइने जानकारी दिए । धौबादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि भएको ९ महीनापछि कम्पनीले यी अध्ययन तथा प्रतिवेदन तयार गर्न कम्पनी छनोट गर्दै छ । उनले यो चालू आर्थिक वर्षमा अध्ययनको काम सम्पन्न गरेर उत्पादनतर्फ लाग्ने जानकारी दिए । गतवर्ष औद्योगिक तथा व्यावसायिक उत्पादनको यकिन गर्न चीन पठाएको फलामे ढुंगा (कच्चा फलाम) को अन्तिम नमूना परीक्षणपछि सम्भाव्यता र डीपीआर बनाउने बाटो खुलेको थियो । फलामको उत्पादन, उत्खनन, भण्डारण, प्रविधि छनोटदेखि लगानीसम्मका विषय यकिन गर्न सम्भाव्यता अध्ययन गरिने र त्यसैका आधारमा डीपीआर बनाउने कम्पनीको तयारी छ । खानीक्षेत्रमा हालसम्म ८६४ मीटर ड्रिलिङ गरिएको चन्दले बताए । खानीक्षेत्रमा रहेका पाँचओटा होलमा गरी कुल १ हजार ३०० मिटर ड्रिलिङ गरेपछि भण्डारण तथा खानीको उत्पादन क्षमतालगायत विषय यकिन हुने उनको भनाइ छ । ड्रिलिङको काम भइरहेको उनले बताए । छानिएका कम्पनीहरूका चीनका २ कम्पनीहरू क्यापिटल इन्जिनीयरिङ एन्ड रिसर्च इनकर्पाेरेशन लि र शेडोङ जीईओ–सर्वेइङ एन्ड म्यापिङ इन्स्टिच्युट तथा भारतका २ कम्पनी रहेका छन् । यसैगरी दक्षिण अफ्रिका र अस्ट्रियाका कम्पनी पनि छनोटमा परेका छन् । सरकारले उक्त क्षेत्रबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न २०७६ साउनमा कम्पनी स्थापनाका लागि स्वीकृति दिएको थियो । कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका ५ मा पर्ने धौबादीमा १० किलोमीटरमा फलाम भएको पुष्टि भइसकेको छ । खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडाइको रहेको छ । देशको सबैभन्दा ठूलो खानीमा १० करोड मेट्रिक टन कच्चा फलाम रहेको अध्ययनबाट देखिएको छ ।

फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन गर्न छवटा अन्तर्राष्ट्रिय कम्पनी छनोट

विराटनगर, असार १६ । धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) तथा परियोजना प्रतिवेदन तयार पार्न छवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरिएको छ । धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक चन्दले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा आवेदन दिएका ११ वटा परामर्शदाता कम्पनीमध्ये छवटा कम्पनीलाई सङ्क्षिप्त सूचीमा समावेश गरेको जानकारी दिए । चीनका क्यापिटल इन्जिनियरिङ एन्ड […]