बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ । पुर्चौंडी नगरपालिका–७ र ८ मा पर्ने कालीढुङ्गा र घर कट्टयामा फलामखानी रहेको बताइन्छ । उक्त क्षेत्रको सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट खानी तथा भूगर्भ विभागको टोली आएको हो । सुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताए । उनले भने,“वस्तुस्थिति अवलोकन गरिसकेका छौँ, सम्भ्याव्यता अध्ययनमा छौँ, पहिला