बैतडी : बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ।पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा फलाम खानी रहेको बताइन्छ।उक्त क्षेत्रमा खानीको सम्भाव्यता अध्ययनका लागि काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागको टोली आएको हो।शुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलजिष्ट ठाकुर कँडेलले बताए।उनले भने, 'वस्तुस्थिति अवलोकन सकेका छौं, सम्भ्याव्यता अध्ययनमा छौं,